स्थानीयहरूले मध्यरातमा बोल्न नसक्ने मानिसलाई सडक किनारबाट उद्दार गरी प्रहरी लाई जिम्मा लगाए


पुनर्वास: कञ्चनपुर जिल्लाको दक्षिणी भेग स्थित पुनर्वास नगरपालिका वडा नं २ अरनिकोवस्ती र मोतीबस्ती सिमाना एकान्त सुनसान ठाउँको सडक छेउमा रूख मुनि बसिरहेको अवस्थामा एक जना मानिस फेला परेको छ। करिब रातको ९ बजे तिर अरनिकोवस्ती निवासी समाजसेवी युवा नेता रविन्द्र तामाङ र बाबु तामाङ काम बिशेषले अरनिकोवस्ती देखि मोतीबस्ती मोटरसाइकलमा जादै गर्दा मोटरसाइकलको बत्तीले सडक किनारमा मानिस देखिए पछि उनीहरू फर्किएका थिए ।

सडक छेउमा अलपत्र परेको आशंकामा मोटरसाइकल रोकेर सोधपुछ गर्दा बोल्न नसक्ने अवस्थामा रहेकोले तुरून्त प्रहरीलाई खबर गरेको स्थानीय रविन्द्र तामाङले जानकारी दिए। स्पष्ट रूपमा बोल्न नसक्ने मानिस अन्दाजी रातको ८ बजे एकान्ता ठाउँमा थरथर काम्दै बसिरहेको अवस्थामा देखे पछि उद्दारका लागि स्थानिय संग गुहार माग्दै प्रहरीलाई खबर गरि बुझाइ दिएको तामाङले बताए। स्थानीय बाट खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट आई.बि.आर.डी.का ईन्चार्ज प्रहरी सहायक निरीक्षक मुकेश सिंहको टोली उक्त क्षेत्रमा पुगेका थिए।

No description available.

प्रहरी सहायक निरीक्षक सिंहले अलपत्र परेका मानिसलाई स्थानियहरूको सहयोगमा उद्दार गरी ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती लगिएको जानकारी दिए । प्रहरी सहायक निरीक्षक सिंह का अनुसार उद्धार गरिएको मानिस अन्दाजी ४ फिट उचाई ,५५/६० बर्षको बोली स्पष्ट नबुझ्ने ईसाराले कुरा गर्ने मानिस रहेको बताउँदै निजको घर ठेगाना भने खुल्न नसकेको जनाएको छ। प्रहरीले उक्त मानिसको हुलिया लाई जति सक्दो चाँडो आफन्त सम्म पुर्याउन सबैमा सहायोग को अपिल गरिएको छ।

No description available.

तसर्थ कृपया उहाँलाई चिन्नु हुने जो कोही महानुभावहरु, उहाँको घर परिवार,ईष्टमित्रले ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीमा सम्पर्क राखिदिनु हुन अनुरोध गर्दछौं। साथै यो सुचना जो सुकैले हेर्नू हुने साथी भाई तथा दिदीबहिनीहरूले शेयर गरिदिनु होला ताकि उहाँको आफन्त सामु यो खबर पुगोस । धन्यवाद।


Loading Viewer...

ताजा समाचार

spot_img