कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ३ वडघर भलमन्सा समाज वडा समितिको आयोजनामा मंगलवार माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । थारु समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता चौधरी रहनु भएको थियो । विशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री लाल बहादुर खडका र कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती राना रहनु भएको थियो । प्रमुख अतिथि चौधरीले थारु समुदायको संस्कृति संरक्षणका लागि पुस्तान्तरण हुनु जरुरी रहेको उल्लेख गर्नुृ हुदै त्यसका लागि सुदूरपश्चिम सरकाको प्रज्ञा प्रतिष्ठनमा आवद्धता हुनु पर्ने बताउनु भयो ।

समय अभावका कारण यस वर्षको माघीमा प्रदेश सरकारले सार्वजनिक विदा दिन नसकेको उहाँको भनाई थियो । अर्को वर्ष पहिले देखिनै छलफल गरी विदा निर्धारण गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नु भयो । कार्यक्रमका बिशिष्ट अथिति लाल बहादुर खडकाले सानो भूगोल धेरै भाषा भाषि भएको देश रहेको चर्चा गर्नु हुदै कञ्चनपुरमा ७७ वटै जिल्लाका बासिन्दाको बसोबास रहेको बताउनु भयो । विविध भाषा, संस्कृति भएपनि सबै मिलेर बसेको उहाँले उल्लेख गर्नुृ भयो । प्रदेश सभा गठन भएपश्चात थारु बाहुल क्षेत्र भएकाले घरवास सञ्चालनका लागि कार्यक्रम अगाडी बढाएका थियौं उहाँले भन्नु भयो, अहिले घरवास सञ्चालनमा आएको सुन्दा खुसि लागेको छ । यस कार्यले पर्यटन प्रवद्र्धनमा टेवा पुरयाउने उहाँको भनाई रहेको छ । कार्यक्रमका अर्का बिशिष्ट अतिथि कृष्णपुर नगरपालिकका उप प्रमुख द्रोपती रानाले थारु समुदायको वडघर भलमन्सा प्रथा जोगाउनका लागि नगरपालिको छुट्टै ऐन बनाएर कार्यान्वयनमा ल्याएको बताउनु भयो ।

वडा नं ११ का वडा अध्यक्ष शेर बहादुर साउदले थारु समुदाय संस्कृतिमा समृद्ध रहको उल्लेख गर्नु हुदै यसलाई जीवन्त राख्नु पर्ने अभिभारा युवाहरुको काँधमा रहेको बताउनु भयो । थारु समुदायको हक अधिकार स्थापित गर्नमा आफनो योगदान रहने उहाँको भनाई थियो । वडा नं २ का वडा अध्यक्ष भोंदु डगौराले माघी मिलन लगातका कार्यक्रमले संस्कृति जोगाउन मद्दत पुरयाई रहेको बताउनु भयो । आदिवासी जनजाती पत्रकार महासंघ(फोनिजं) का जिल्ला अध्यक्ष धन बहादुर चौधरीले वडघर भलमन्सा प्रथाजन्य ऐन बनेपनि कार्यान्वयनमा नल्याउदा वडघर भलमन्साले न्याय पाउन नसकेको बताउनु भयो । प्रदेशमा थारु समुदायका सांसद भएपनि माघी जस्तो पर्वमा विदा दिन नसक्नु विडम्बना भएको बताउनु भयो ।

थारु अगुवा लक्ष्मण चौधरी(सौगात)ले थारु समुदायलाई यस अघि मुक्त कमैंया, कमलरी बनाएर दास बनाइएको कुरामा जोड दिदै अहिले राजनीतिक रुपमा दास बनाउने कार्य भैरहेको बताउनु भयो । थारु समुदायको संस्कृति संरक्षणका लागि थारु संग्रहालय निर्माण गरिनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुदै जोनापुर गाउँका भलमन्सा रामप्रसाद डगौराले रितितिथी, रहनसहन, संस्कृति जोगाउनका लागि थारु समुदायले एकजुट भएर अगाडी बढनु पर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन आशिष डगौराले गर्नु भएको थियो । कार्यक्रममा थारु संस्कृति झल्कने, झुम्रा, दिन नच्वा, मघौटा, हुरदंग्वा लगायतका नृत्यहरु संगै थारु अगुवाहरुले धमार, सजना लागतका गीतहरु युवा पिढीलाई सुनाएका थिए ।










