वडा अध्यक्ष थापाद्वारा कैदीबन्दीहरुका लागी पुस्तक र खेल सामग्री हस्तानतरण


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरुका लागी पुस्तक र खेल सामग्री हस्तानतरण गरेका छन्।अध्यक्ष थापाले आइतबार कैदीबन्दीहरुका लागि खेल सामग्री र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले पुस्तक वितरण गरेका हुन् । उनले विभिन्न २९ ओटा पुस्तक कैदीबन्दीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उपरिक्षक कमल थापालाइ हस्तान्तरण गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयमार्फत ती पुस्तकहरु जिल्ला प्रहरी कार्यालयमा थुनामा रहेका र जिल्ला कारागारका पढ्न ईच्छुक कैदीबन्दीहरुलाई दिइने बताइएको छ। प्रहरी प्रमुख उपरिक्षक कमल थापाले वडा अध्यक्ष प्रकाश थापाले चालेको कदमको प्रसंसा गर्दै हिरासतमा रहेका बेला सकारात्मक सोच विकाश गर्ने पुस्तकहरू पढी सुध्रीन सहयोग हुने र समय व्यतित गर्न पुस्तकले सहयोग गर्ने विश्वास व्यक्त गरे।

वडा अध्यक्ष थापाले भीनपा ११ को प्रतिनिधित्व गर्दै समाग्री हस्तानतरण गर्ने मौका मिलेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्दता गरे।साथै प्रहरी उपरिक्षक थापाले सोमबारदेखी थुनामा रहेका कैदीहरूका लागि योग कक्षा समेत सञ्चालन हुने जानकारी दिए।


Loading Viewer...

ताजा समाचार

spot_img