कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरले नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । पाटीको अभियानको समिक्षा सहित नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । माओवादी केन्द्र कञ्चनपुर जिल्ला समन्वय समितिले बिहीबार महेन्द्रनगरमा वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम राखेर नेता कार्यकर्ताहरुलाई समसामयिक राजनीतिक विषयमा प्रशिक्षित गरेको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तरगत वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम राखेको बताए । संयोजक पाण्डेले अभियानको समिक्षा सहित नेता कार्यकर्ता समसायिक विषयमा प्रशिषण दिएको बताए ।

‘हामीले गत भदौँदेखि संचालन गरेको अभियानको समिक्षा सहित समसामयिक विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिईएको छ, ‘संयोजक पाण्डेयले भने, ‘कार्यक्रममा जिल्ला, पालिका प्रदेश, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च,विभिन्न जनबर्गिय संघ संगठन नेता कार्यकर्ताहरु सहभागि भएका थिए ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका पाटी महासचिव देव गुरुङ्गले जनताको दुखपिरमर्कामा साथ दिदै सिधै जनतासंग जोडिएर कामकाज गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । पार्टीको नीति, योजना, मर्म भावना अनुरुप काम गर्ने कार्यकर्ताहरुलाई आब्हान समेत गरेका छन । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ्गको प्रमुख आथित्यमा भएको कार्यक्रममा माओवादीका पालिका, जिल्ला, प्रदेश एव केन्द्रीय स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







