कञ्चनपुर : नेकपा माओवादी केन्द्र कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम राखेको छ । माओवादी केन्द्र कञ्चनपुर जिल्ला समन्वय समितिले बिहीबार महेन्द्रनगरमा वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम राखेको हो ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तरगत वैचारिक राजनैतिक प्रशिक्षण कार्यक्रम राखेको बताए । संयोजक पाण्डेले कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा हुने उक्त नेता कार्यकर्ता प्रशिक्षण कार्यक्तममा पाटी महासचिव देव गुरुङ्गको प्रमुख आतित्यमा हुनेछ । ‘हामीले गत भदौँदेखि संचालन गरेको अभियानको समिक्षा सहित समसामयिक विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिईनेछ, ‘संयोजक पाण्डेयले भने, ‘कार्यक्रममा जिल्ला, पालिका प्रदेश, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मञ्च,विभिन्न जनबर्गिय संघ संगठन नेता कार्यकर्ताहरु सहभागि हुनेछन ।’ कञ्चनपुर उद्योग वाणिज्य संघको हलमा हुने प्रशिक्षण कार्यक्तममा माओवादी नेता कार्यकर्ताहरु प्रशिक्षणबाट थप समसामयिक राजनीतिक विषयमा अभिमुखिकरण हुनेछन ।

