नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता

ठुलो संघर्ष पछि सुरेन्द्र र माया ले कानुनी रूपमै मान्यता पाए , जसले एलजिबिटिआईक्यु समुदायमा ल्यायो ठुलो खुसी

कञ्चनपुर : जीवनकालमा हरेक काल खण्डमा संघर्ष गर्दै राज्य संगको एक लडाइले सार्थकता पाएको एक खुसिको दिन जुन नेपालमा पहिलो समलिङ्गी बिबाह दर्ता प्रमाणपत्र पाएका छन्।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा एक समान लिङ्गीविचको विवाह दर्ता गरेर अस्थायी अभिलेख राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश अनुरुप नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता गरेको छ।

सर्वोच्चकै आदेश काठमाडौँ जिल्ला अदालतले अस्वीकार गरेता पनि दिएको सर्वोच्चकै आदेश अनुरुप स्थानीय निकायले समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता गरेको हो।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्वोच्चको अन्तरिम आदेश अनुसार समलिङ्गी विवाह दर्ता गर्न स्थानीय तहका सरकार लाई परिपत्र गरेको थियो।

सर्वोच्च अदालतको २०८० असार १२ गते जारी गरेको आदेश अनुसार नेपालमा रहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीहरूको विवाह गर्दा गरी अस्थायी अभिलेख राख्न परिपत्रमा भनिएको थियो।

माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह दर्ता प्रमाणपत्र बुधबार त्यही अनुरुप लमजुङको दोर्दी गाउँपालिकामा दर्ता भएको छ। गाउँपालिकाले विवाह दर्ता गरी जारी गरेको प्रमाण पत्रमा सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको विवाह दर्ता प्रमाणपत्रको अन्तिमा उल्लेख गरिएको छ।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायमा माया तेस्रोलिंगी र सुरेन्द्र समलिंगी प्रेम बिबाह गरेका थिए। उनीहरुले ६ वर्ष अगाडि पञ्चेबाजा बजाएर विवाह गरेका थिए भने दुबैको परिवारले स्विकार समेत गरेको तर कानु​​​​​​​नी रुपमा उनीहरु श्रीमान्-श्रीमती हुन सकेका भने थिएनन्।

२०८० असार १३ गते सर्वाेच्च अदालतबाट विवाह दर्ताको आदेशपछि उनीहरुले काठमाडौँ जिल्ला अदालतमा विवाह दर्ता गर्ने प्रयास गरेका थिए तर अदालतले स्विकार भने गरेन। जसमा माया र सुरेन्द्र जसले सम्बन्ध जोगाउन समाजको अपहेलना पचाए, विवाह गरेको छ वर्षपछि कानुनी मान्यता पाए अझै पनि अस्थायी रुपमा पाएका छन् ।

नेपालमा मात्रै होइन विश्वमा रहेका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको एक ठुलो खुसिको कुरा हो निल हिरा समाज की अध्यक्ष पिङ्की गुरुङले बताउनु भयो। उनले, भन्नू भयो ‘यो हाम्रो लागि ठुलो खुसिको क्षण हो। नेपालमा मात्र होइन दक्षिण एसियामै पहिलोपटक आज (एलजिबिटिआईक्यु) समुदायको विवाहको अधिकारले मान्यता पाएको छ । सम्मानीत सर्वोच्च अदालतमा आफ्नो नेतृत्वमा लगायत ९ जनाले जुन ७ मा हामीले दिएको रिट निवेदन र जुन २७ मा दिएको आदेशलाई आधार मानेर आज स्थानिय निकाय वाट भएको छोरी माया गुरुङ र ज्वाई सुरेन्द्र पाण्डेको विवाह नेपालको इतिहासमा पहिलो बिबाहले कोशेढुंगा सावित गरेको छ । यसका लागी नेपाल सरकारलाई धन्यवाद अनि छोरी माया र ज्वाई सुरेन्द्र लगायत सम्पूर्ण (एलजिबिटिआईक्यु समुदायलाई हार्दिक वधाई छ।’ उनले बताउनु भयो।

नेपालको इतिहासमा एलजिबिटिआईक्यु समुदायले निरन्तर संघर्षरत संगै एक पछि अर्को सफलता ल्याउने कार्य भने जारी रहेको छ जसमा नेपालको संविधानका पानामा मात्रै होइन कानुन निर्माणमा समेत नेपाल सरकारले विशेष ध्यानाकर्षण होस् ।

ताजा समाचार