आफ्ना १८ जना कार्यकर्ता रिहाईको माग गर्दै राप्रपाद्वारा महेन्द्रनगर बन्द (भिडियो सहित)

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले आज महेन्द्रनगर बजार बन्दको आवहन गरेको छ । मंसिर ८ गते गरेको आन्दोलनमा आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा आज बजार बन्द गरेको हो । आफ्ना कार्यकर्ताहरुलाई निसर्त नछोडे अनिश्चितकालिन बन्द गर्ने राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए ।

महेन्द्रनगर बजार पुर्ण रुपले बन्द भएको छ । साथै कञ्चनपुरमा भएका विभिन्न यातायात प्रालिका अध्यक्ष सँग कुरा गरी साँझ ४ बजे देखि यातायात खुल्ने निर्णय भएको राप्रपाका केन्द्रीय सह प्रवक्ता पुर्ण बहादुर चन्दले बताए ।शुक्रबार भएको राप्रपाको आन्दोलनमा १८ जना आफ्ना कार्यक्रतालाई निसर्त छुटाउन शनिबार देखि अनिश्चितकालिन घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आन्दोलनकारीहरुले भीनपा–१८ स्थिीत भीमदत्त बाटिकामा राखेको अमर शहिद भीमदत्त पन्तको शालिक तोडेको आरोपमा पक्राउ गरेको हो ।

राप्रपाका केन्द्रीय सह–प्रवक्ता चन्दका अनुसार ‘हामीहरु कसैको शालीक नतोडने, कसैको इतिहास नमेटने, कुनै मुर्ती तोडने पक्षमा नभएको साथै भीमदत्त पन्तलाई आफूहरु पनि सम्मान गर्ने तर विरेन्द्र उद्यानलाई भीमदत्त वाटिका बनाई शहिद भीमदत्तको शालिक राखेकोले उक्त शालिकलाई अर्को भीमदत्त उद्यान बनाई राख्न अनुरोध गरे ।’

ताजा समाचार

spot_img