गणतन्त्रको जग हल्लेकै हो त?

धनसिह विष्ट : गणतन्त्रको अर्थ जनताको शासन हो जहाँ हरेक जनताले आफ्नोे प्रतिनिधिको रुपमा आफुलाई शासन सत्तामा पुगेको महसुस गर्दछ।  वास्तवमै गणतन्त्रको सुन्दर पक्ष भनेकै जनताले जनताका लागि जनता द्वारा गरिने शासन हो । लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दुई दशक पुरा नहुँदै गणतन्त्रको नाममा लुटतन्त्र र व्यक्तिगत पहुँचको आधारमा अपराधी र भ्रष्टाचारीहरुले उन्मुक्ति पाउने गरीबीको मारमा पिल्सिएर जनताहरू जहिलेनि विदेशिनु पर्ने र स्वदेश मा भएका माफियाहरुले जनताको वाध्यता को फाइदा उठाएर जनताको पसिनाको उचित मूल्य नदिदा निरास भएर बसेका जनाताहरु एकजुट भएर यसरी सडकमा उर्लिनुले गणतन्त्रको जग कहिकता हल्लेकै भान हुन्छ। मानिस एक चेतनसिल र राजनीतिक प्राणी पनि हो । अहिले हरेक मानिसहरु शिक्षित छन के सहि केगलत भन्ने कुरा राम्ररी बुझ्न सक्छन्। यत्रो सुचना प्रविधि विकास भएको आजको युगमा जनतालाई पुरानै शैलीमा मनपरि ढङ्गले व्यवहार गर्नाले जनतामा विरोधको भावना पैदाभएको छ र जसले गर्दा जनताले व्यवस्था परिवर्तन भन्दा पनि परिपाटी परिवर्तन को विकल्प खोज्नतिर बढि ध्यान दिएको देखिन्छ तर गहुँ पिसाउदा घुन पिसिएझै गणतन्त्रपनि खतरामा पुग्ने संकेत देखिन्छ।

”लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दुई दशक पुरा नहुँदै गणतन्त्रको नाममा लुटतन्त्र र व्यक्तिगत पहुँचको आधारमा अपराधी र भ्रष्टाचारीहरुले उन्मुक्ति पाउने गरीबीको मारमा पिल्सिएर जनताहरू जहिलेनि विदेशिनु पर्ने र स्वदेश मा भएका माफियाहरुले जनताको वाध्यता को फाइदा उठाएर जनताको पसिनाको उचित मूल्य नदिदा निरास भएर बसेका जनाताहरु एकजुट भएर यसरी सडकमा उर्लिनुले गणतन्त्रको जग कहिकता हल्लेकै भान हुन्छ।”

आगो, आन्दोलन र वैरी कहिल्यै पनि सानो छ भनेर ठान्नु भनेको मूर्खता हो भन्नेकुरा ईतिहासका बिभिन्न कालखण्डमा घटेका घटनाले प्रष्ट देखाएको छ । रावणले राम र वानरी सेनालाई तुच्छ सम्झेकै कारण रावणको साम्राज्यको सकिएको थियो। पाण्डवहरूलाई कमजोर सम्झिदा कौरवहरुको अन्त्य भएको र कृष्णलाई कमजोर सम्झिदा कंसको के हविगत भएको थियो त्यो सर्वविधितै छ। हिटलर , मुसोलिनी, नेपोलियनले के सम्म गरेका थे सर्वविधितै छ । नेपालमै पनि एउटा साधरण व्यक्ति कसरी जङ्ग बहादुर बन्न पुगे त्यो जग जाहेर नै छ। अहिले जनतालाई गणतन्त्रको आभास दिलाउन नसक्नाले कहिकतै गणतन्त्रको जग डगमगाउन लागेको हो कि भन्ने तर्कलाई नकार्न मिल्दैन। गणतन्त्रको अर्थ लुटतन्त्र,झुटतन्त्र , कमिसन खोरी, मनपरि, स्वइच्छाचारीता हुदै होइन।

”जहाँ न्यायालय निष्पक्ष निर्णय लिन सक्दैन उसलाई अपाङ्ग बनाउने प्रयास गरिन्छ र नागरिकहरुको आँखामा छारो हाल्ने प्रयास गरिन्छ भने त्यो गणतन्त्रको हुनु र नहुनुको के अर्थ। गणतन्त्रको नाममा पार्टीका सिमित व्यक्तिहरुले देशमा छोटे राजा बनेर मनपरि गरेकै कारण गणतन्त्र  एउटा सर्वोत्कृष्ट शासन व्यवस्था धरापमा पुगिरहेको छ। यसोत गणतन्त्र हुदैमा चमत्कार हुने राजतन्त्र आउदैमा अन्धकार हुने भन्ने होइन ।”

यस्ता कुराले त राज्यमा सुशासन स्थापनामा वाधा सिर्जना गर्दछन्। यदि देशमा सुशासन कायम हुन सक्दैन भने त्यहा गणतन्त्रको के अर्थ। जहाँ न्यायालय निष्पक्ष निर्णय लिन सक्दैन उसलाई अपाङ्ग बनाउने प्रयास गरिन्छ र नागरिकहरुको आँखामा छारो हाल्ने प्रयास गरिन्छ भने त्यो गणतन्त्रको हुनु र नहुनुको के अर्थ। गणतन्त्रको नाममा पार्टीका सिमित व्यक्तिहरुले देशमा छोटे राजा बनेर मनपरि गरेकै कारण गणतन्त्र  एउटा सर्वोत्कृष्ट शासन व्यवस्था धरापमा पुगिरहेको छ। यसोत गणतन्त्र हुदैमा चमत्कार हुने राजतन्त्र आउदैमा अन्धकार हुने भन्ने होइन । खासकुरो जनचाहनाको कदर र जनताको जीवनस्तरमा सुधार हुनु हो। राज तन्त्र हुदैमा जनाताको जीवनस्तरमा सुधार नआउने होइन। राजा पनि त्यही माटोमा जन्मेको र हुर्केका हुन भने गणतन्त्रको प्रतिनिधिहरु  पनि त्यही माटोमा हुर्केका हुन देशका नागरिकको जीवनस्तरमा तब सुधार आउछ जब एउटा विशाल हृदय भएको, असल सोच र  दुर दृष्टि भएको नागरिकको हातमा राष्ट्रको बागडोर पुग्दछ। नत्र जुन तन्त्र भएनि बादरको हातमा नरिवल जस्तै हो। एउटा मिठो फलको बोट रोपेर पनि फल दिएन भने जसरी किसानले बाध्य भएर काट्नु पर्छ हो ठिक त्यसरी नै यदि परिस्थितिलाई मध्यनजर गरी आवश्यकता र जनताको चाहनालाई ध्यान दिन नसकिने हो भने  लोकतान्त्रिक गणतन्त्रको ठाउँमा अन्य कुनै तन्त्र नआउला भन्न सकिदैन।

धन सिंह विष्ट
समाज सेवि, पुर्व विद्यार्थी नेता एवम शिक्षक

 

ताजा समाचार