बडुवाल टोलका स्थानियहरु भन्छन्– ‘एनएनएसडब्लुए र डिसीएको सहयोगले खाद्यान्नको समस्या हल हुने भयो’ (भिडियो सहित)

दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोलका हात्तीपिडितहरुले डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको सहयोगले ठुलो समस्या हल भएको बताएका छन् । बडुवाल टोलका महाविर क्षेत्रीले बिगत ३ महिना देखि बस्तीमा हुल बाँधेर आएको जंगली हात्तीले धान तथा मकै खेती खाएर नष्ट गरेर भोकमरी हुनसक्ने अवस्थामा डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले प्रति घरपरिवार रु. २५ सय सहयोग गरि बिपन्न घरपरिवारलाई छाक टार्न तथा बिउ बिजन खरिद गर्न सघाएको भन्दै दुबै दाताहरुमा धन्यबाद दिएका छन् ।

यस्तै दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बडुवाल टोलका स्थानियहरुको भारतिय जंगलबाट बस्ती भित्रिएको जंगली हात्तीले खेती खाएर नष्ट गर्दै गरेको अवस्थामा दातृ संस्था डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले आईएमई मार्फत गरेको सहयोग निकै सहनिय र प्रशंसानिय रहेको बताएका छन् । बस्तीमा हात्तीले खेतमा अन्नवाली नभएको अवस्थामा अहिले आएर स्थानियहरुको घर तहसनहस गर्ने गरेको छ् ।

तिन सातामा ८ स्थानियहरुको कच्ची घर हात्तीले भत्काएको छ् । कच्ची घर भएका स्थानियहरु रातीको समयमा छिमेकीको पक्की घरमा शरण लिदै आएका छन् । नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले डिसीए नेपालको आर्थिक सहयोग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरको साँझेदारी र दोधारा चाँदनी नगरपालिका कार्यालयको समन्वयमा हात्ती पिडित बस्तीमा खेतवाली नोक्सान तथा क्षती भएकोहरुलाई खाद्य सुरक्षार्थ बिउ बिजन खरिदका लागी नगद सहयोग स्वरुप प्रतिघरधुरी रु. २५ सय दरले ८४ घरपरिवारलाई आईएमई मार्फत पिडित परिवारजनलाई रकम पठाईएको बताएका छन् ।

‘स्थानिय सरकार संग समन्वय गरि सहयोग रकम पठाईएको छ्’ नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले भने । सुक्रवार एक कार्यक्रम बिच दोधारा चाँदनी नगरपालिका– २ स्थित रहेको एक आईएमई सेन्टरमा बडुवाल टोलका हात्तीपिडितहरुलाई आईएमई मार्फत नगद सहयोग रकम बितरणको सुरुवात गरिएको छ् ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष हरिसिंह धनाडी, वडा सदस्य लक्ष्मी राना क्षेत्री, नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका राजकुमार सुनार, गणेश ठगुन्ना तथा बडुवाल टोलका स्थानियहरुको सहभागिता रहेको थियो ।

हात्तीपिडितहरुलाई डिसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कंचनपुरले पिडाको बेलामा गरेको सहयोग भन्दै उच्च प्रशंसा गरेका थिए ।

ताजा समाचार