हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको माग

कञ्चनपुर : प्यालेष्टाईनी आतङ्ककारी हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको माग अघि सारिएको छ । हमास समुहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी जोशीको रिहाईको माग अघि सारिएको हो ।कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरका स्थानीय समेत रहेका विद्यार्थी जोशीको रिहाईको माग अघि सारेर परपराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको छ ।

आईतबार विपिन जोशीका आफन्त, सहकर्मी एव विद्यार्थीले प्रशासनमा ज्ञापन पत्र बुझाएका छन । विपिनकी बहिनी पुष्पा जोशीले हमास समुहको नियन्त्रणमा रहेका दाजुको रिहाईको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत परराष्ट्र मन्त्रालमा ज्ञापन पत्र बुझाईएको बताईन । उनले हमास समुहको नियन्त्रणमा रहेको स्वयम ईजरायली सरकारले पुष्टी गर्दा समेत नेपाल सरकारले उद्दारका लागि पहल गर्नुपर्नेमा जोडदिईन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले विपिन जोशीको रिहाईका लागि घर परिवार, आफन्त एव विद्यार्थीले उठान गरेका विषयमा सिधै परराष्ट्र मन्त्रालयको ध्याकर्षण गराउने बताए ।

घटना घटेको झण्डै एक महिना वितिसक्दा पनि विपिन जोशीलाई रिहाई नगरेपछि घर परिवारमा संन्नटा छाएको छ । गत २० असोजमा हमास समुहले ईजरायलमाथि हमला गर्दा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा कार्यरत विपिन जोशी सहितका विद्यार्थी लर्न एण्ड अर्न कार्यक्तम अन्तरगत २७ भदौँमा ईजरायल गएको महिना दिन नपुग्दै हमास समुहको हमालमा परेर विपिन जोशी वेपत्ता, कतिपयले ज्यान गुमाएको,घाईते भएका छन । अन्र्तराष्ट्रिय समुदायले भने ईजरायल र प्यालेष्टाईन दुईदेशविच गाजा क्षेत्रको जमिनको विषयलाई लिएर भईरहेको युद्धमा नेपाली विद्यार्थी अपहरण कार्य निन्दनिय भएको भन्दै रिहाईको माग अघि सारिएको छ ।

ताजा समाचार