कञ्चनपुर: पाचौं निसर्ग सुदुरपश्चिम प्रदेश क्लव स्तरिय महिला, पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता-२०८० को महिला तर्फ मनकामना युवा क्लब च्याम्पियन बनेको छ।
मनकामना युवा क्लव धनगढी उपमहानगरपालिका वडा न. १२ जुगेडाको आयोजनामा आज देखी ५ औँ निसर्ग प्रदेश क्लव स्तरिय महिला पुरुष तथा भेट्रान फुटबल प्रतियोगीता २०८० को महिला तर्फ फाइनल खेल मनकामना युवा क्लब र मसुरिया फुटबल एकेडेमी बिच भएको थियो। उक्त खेलमा निर्धारित समयमा दुबै टिमले गोल रहित खेल्दा खेलमा इन्जुरी ३ मिनेटको समय थप गरेको थियो। उक्त थप समयमा मनकामनाले १-० गोलले मसुरिया लाई हराउदै उपाधी रक्षा गरेको हो ।

विजेता टिम मनकामनाले महिला तर्फ च्याम्पियन हुँदै ५० हजार धनराशि पुरस्कार जित्न सफल भएको छ। भने उपविजेता मसुरिया एकेडेमीले २५ हजार नगदसहित प्रमाणपत्र पाउने छन् ।
उक्त दिन पुरुष तर्फ क्वाटरफाइनलको खेल ग्रीन युवा क्लब र फुलवारी-११ बिच भएको थियो। ग्रीन युवा क्लबले ३-१ गोलको अन्तरले फुलबारी-११ लाई हराउदै सेमिफाइनल प्रवेश गरेको छ।पुरुष तर्फ दोस्रो क्वाटरफाइनल खेल भोलि १६ गते नमो: बुद्ध क्लब र मनकामना युवा क्लब बीच दिउँसो २ बजे हुने छ। उक्त खेलमा जित निकाल्ने टिमले सेमिफाइनल प्रवेश गर्ने छ।
हरेक बर्ष आयोजना हुँदै आइरहेको उक्त प्रतियोगीतामा पुरुष तर्फ ८ ओटा टोलीले सहभागी जनाएका छन्। भेट्रान तर्फ ७ ओटा भेट्रान पुरुष टिम रहेका छन्। भने महिला फुटबल टिममा ५ टिमको सहभागिता रहेको आयोजकले बताएको छ।पुरुष तर्फ प्रथम हुनेलाई १ लाख, भेट्रान तर्फ ७१ हजार र पुरुष तर्फ दितीय हुनेलाई ५० हजार, भेट्रान तर्फ ४० हजार नगदसहित प्रमाणपत्र रहेको छ।







