जात, धर्म, क्षेत्रका नाममा भईरहेका बेथिति ओलीका मानसपुत्र हुन : भुसाल

कञ्चनपुर : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएको बताएका छन । शनिबार महेन्द्रनगरमा पाटीले संचालन गरेको समाजवादी अभियानको कार्यक्तको सम्बोधन गर्दै भुसालले ओलीले बोटो बिराउँदा कम्युनिष्ट आन्दोलन कमजोर भएको बताए । ‘भुसालले जात, धर्म, क्षेत्रका नाममा भईरहेका बेथिति ओलीका मानसपुत्र हुन, ‘उनले भने, ‘ओली प्रवृति मेरा लागि भए ठिक अरुका लागि हुदैन भन्ने मनसायले यो तिथि भएको हो ।’ अर्थतन्त्र सुधारका लागि स्वदेशमै रोजगारी सृजना कृषि र उर्जामा लगानी विस्तार आवश्यक रहेको औल्याए ।

नेता भुसालले अर्थतन्त्रकै कारण मुलुक थप संकटमा पर्दै गएको र त्यसको उपज एमाले अध्यक्ष केपी शर्मा ओली भएको आरोप लगाएका छन । मुलुकलाई समाजवाद उन्मुख बनाउन सबै कम्युनिष्ट एकजुट भएको तर ओलीले आफ्ना लागि बाटो बिराएपछि मुलुकमा विभिन्न थरीथरीका समस्या आईलागेको बताए । जात, धर्म, क्षेत्रमा नाममा भईरहेका बेतिथि ओलीका मानसपुत्र भएको भुसालको दावि छ । शनिबार कञ्चनपुर प्रवेस गरेको समाजवादी जागरण यात्रा अन्र्तरगत जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास प्याराताल सीमा, पुर्नबास, बेलौरी, आरक्षपीडित बस्ती ढक्का शिबिर, कलुवापुर, झलारी, दैजी हुँदै महेन्द्रनगर पुगेको थियो ।

अभियान अन्र्तरगत जिल्लाका सीमा समस्या, आरक्षपीडित, भूमिहिनसुकुमबासी, मुक्त कमैया, हलिया सहितका समस्या बारे उठान गरिएको छ । कार्यक्रममा नेपाल प्रहरीका पुर्व एसएसपी घनानन्द भट्ट सहितले समाजवादी प्रवेस गरेका छन । समाजवादी कञ्चनपुरका अध्यक्ष जिवन थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला सचिव हरक सिह धामीले गरेका थिए । अभियानमा जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

spot_img