बेलडाँडी वडा नं. १ को राप्रपाको सभापतिमा युवा व्यवसायी शाहा

महेन्द्रनगर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँपालिका वडा नम्बर १ को सभापतिमा लोकेन्द्र शाहा चयन भएका छन् ।

मंगलबार बेलडाँडी गाउँपालिका वडा न.१ को वडा भेलाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यसमिति बेलडाँडी गाउँपालिका अध्यक्ष प्रेम सिंह साउँद लगायतको कार्यसमिति कार्यकर्ताको आम भेलाबाट वडाको पुरुष तर्फ सभापतिमा लोकेन्द्र शाहा (पुन्टु) सर्व सहमत चयन भएका हुन।

उनको नेतृत्वमा सदस्यमा मनरथ भट्ट, नरेन्द्र बहादुर सिंह, तेज रोकाया, वीर देव भट्ट, कृष्ण बहादुर बम, उत्तम चन्द, जनक शाह, चक्र रोकाया, चन्द्र सिंह कार्की, महाविर भट्ट र धर्मा नन्द भट्ट लगायतको १२ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो।

यसैगरी वडा मा महिला प्रचारप्रसार समितिका अध्यक्षमा पारभवती शाहको नेतृत्वमा ५ सदस्यीय वडाको प्रचार प्रसार समिति पनि गठन गरेको छ। जसमा सदस्य योसोदा बम, पुष्पा रावल, राधिका भट्ट र निशा जोशी रहेका छन् ।

वडाको सभापतिमा चयन भएपछि आगामी दिनमा समाजमा हुने गलत प्रविधि प्रती आवाज उठाउने र समाजसेवमा सधै तल्लीन हुने छु। सभापति शाहाले बताए। समाजसेवी शाहा एक दमै लगनशील र युवा व्यवसायी साथै खेलाडी समेत हुन।

ताजा समाचार

spot_img