कञ्चनपुर : एमसीसी परियोजना नेपालको दिर्घकालिन हित विपरित कार्यान्वयन गर्न नहुनेदेखि राष्ट्रघाती भए खारेजी गर्नुपर्नेमा एक कार्यक्तमका सहभागिले बताएका छन । आइतबार नेकपा महाकाली ब्यूरो कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रशन’ विषयक अन्तरकृया कार्यक्तममा बोल्दै राजनीतिक सहितका प्रतिनिधिहरुले राष्ट्र र जनताको हित विपरित भए कार्यान्वयन नगरेर खारेजीको जोडदिएका हुन ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पाटी कञ्चनपुरका सचिव प्रकास जप्रेललले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले नेपाल रहन्छकी रहन्न भन्ने विषयमा सोच्नुपर्ने बेला आएको बताए । नेकपा जिल्ला सचिव जप्रेलले एमसीसी साझा विषय भएकाले राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने बताए ।

नेकपा कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)ले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेकाले दल सहितका सबै सरोकारवाला सचेत हुन्ुपर्नेमा जोडदिए । इन्चार्ज उपाध्यायले एमसीसी मार्फत अमेरिकाले चिन घेर्ने गतिबिधी गरिरहेको बताए । कार्यपत्र प्रस्तुत गर्दै नेकपा महाकाली ब्यूरो इन्चार्ज समर सीले सत्ताको खेलले एमसीसी परियोजना लागु गरेर नेपाललाई युक्रेन बनाउन खोजिएको बताए । कञ्चनपुरका युवा बुद्धिजिवी राजुराम सार्की(भुल)ले विकास देखाएर कतै त्यसले गर्ने भयानक खेलबाट जोगिनुपर्ने सुझाव दिए । बरिष्ठ पत्रकार चित्राङ्ग थापाले संसदबाट ब्याख्यात्मक रुपमा टिप्पणी गरेर पारित भएको १२ बुँदे बारे विषेश चनाखो हुनुपर्ने बताए । राप्रपा कञ्चनपुरका युवा नेता नरेश सिह कार्कीले एमसीसी राष्ट्रघाती भएकाले खारेजीका लागि संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्नेमा जोडदिए । नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य भीम भट्टले एमसीसीलाई विकास र ईण्डो प्यासेफिक दु्वै दृष्ट्रिकोण हेर्दै हितमा उपभोगमा जोडदिए । नेकपाका पोलिट्ब्यूरो सदस्य विकल्प सीले अमेरिकाले चिन घेर्नर्कै लागि एमसीसी ल्याएको भन्दै सचेत हुनुपर्नेमा जोडदिए । कार्यक्तमकमी प्रमुख अतिथि समेत रहेकी नेकपा स्थायी कमिटि सदस्य उमा भुजेल(शिलु)ले एमसीसी अमेरिकाको सैन्य रणनीति अन्र्तरगतको योजना भएको दावि गरेकी छिन । उनले संसदले अनुमोदन गरेपनि जनताले स्वीकार नगरेको बताईन ।

‘अमेरिकाले हाम्रो मुलुकमा सडक र विद्युत’ विकास विस्तारका नाममा एमसीसी सम्झौता गरेर छ, ‘उनले भनिन,‘एमसीसी राष्ट्रघाती सम्झौता हो, यो कार्यान्वयन भए देशको राष्ट्रियता नै खतरामा पर्छ ।’ शिलुले वास्तमै एमसीसी देश र जनताको हितमा नभएको भन्दै खारेजीको विकल्प नभएको बताईन । उनले अमेरिकाले एमसीसी नेपालमा लागु गरेर चिन घेर्ने रणनीति रहेको दावि गरेकी छिन । अमेरिकाकै तथ्य अनुरुप एमसीसी सैन्य रणनीति अन्र्तरगतको योजना भएकाले खारेजीको विकल्प नभएको बताईन । संसदबाट एमसीसी पारित गरिएपनि जनताले त्यसलाई स्वीकार नगरेको बताउँदै उनले एमसीसी बिरुद्धमा नेकपाको निरन्तर लडाईरहेको बताईन । सत्ताधारी नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, जसपासंगै नेकपा विप्लवको समेत समाजवादी संयुक्त मोर्चाले संसदीय व्यवस्था अन्त्य गर्दै समाजवाद निर्माणका लागि प्रयोग गरिने बताए । शिशुले अमेरिकाले ६५ अर्ब दिएर एमसीसी नेपालमा लागु गर्दै चारो मात्रै हालेको टिप्पणी गरेकी छिन । कार्यक्तममा विभिन्न दल सहितका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।







