बेलडाँडी: सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीको आयोजनामा बेलडाँडीमा बृहत आमसभा सम्पन्न भएको छ ।

बिहिवार बेलडाँडिमा बृहत आम सभामा एकैसाथ एक दिनमा ८० जना भन्दा बढीले पार्टी प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बेलडाँडीले जनाएको छ । अन्य पार्टीका गतिविधि आफुहरुले जानेको भन्दै आम सभामा पार्टी प्रवेश गर्नेको लर्को लागेको स्तवन्त्र पार्टी बेलडाँडीका सभापति तेज सिंह धामीले जानकारी दिनु भयो।

सभापति धामिका अनुसार केन्द्रिय स्तरका नेतालाई बेलडाँडी बेलौरी र पुनर्वासका जनताले भोग्नु परेका खुल्ला सिमानाका समस्या, भारतीय पक्षको हस्तक्षेप /रवाफ, भारतीय पक्षद्धारा हुलाकी सडक अवरुद्ध, बेलडाँडीको सैयौं बिघा सिमसारको समस्या, आरक्षपिडितको समस्या, मध्यवर्ती क्षेत्रका कारण जनताले भोग्नु परेको समस्या, बेलडाँडी बेलौरीको विद्युत समस्या समाधान विकल्प सहितको समस्या माननीय विराज भक्त श्रेष्ठले समाधानका लागि संसदमा उठान गर्ने जनाएको सभापति धामीले बताए।

फोहोरी राजनितिमा देश रुमलिएको अवस्थामा देशलाई निकास दिन राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएका कारण हाम्रो पार्टीमा धेरैले आस्था राख्ने गरेको आजको सभाले पुष्टी गरेको सभापति धामिले ई-सुदूरदर्पण डट कम लाई बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, कविन्द्र बुर्लाकोटी(केन्द्रिय सहमहा मन्त्री), माननीय विराज भक्त श्रेष्ठ(प्रतिनिधि सभा सदस्य तथा संसदीय दलका उपनेता), दीपक बोहरा( केन्द्रीय सदस्य), विजय जैरु (केन्द्रीय सदस्य), ज्ञानेन्द्र महता ( संगठन विभाग सदस्य तथा सुदुर पश्चिम इन्चार्ज), नरेन्द्र चन्द ( केन्द्रीय गुनासो विभाग सदस्य) बेलडाँडीका युवा नेता जनक सिंह धामी, भागरती बडाल, प्रकाश बिष्ट (प्रदेश सभापति ) लगायतका नेताहरु बाट सभालाई सम्बोधन गरिएको थियो ।
यस भन्दा पहिला बेलडाँडी गाउँपालिका प्रमाणिकरणमा सुदूरपश्चिमको पहिलो पालिका बनेको थियो । स्ततन्त्र पार्टीको भेलाले पुरै बेलडाँडीमा हलचल मच्चाएको र आफ्नै नेता कार्यकर्ताका करण अन्य पार्टीमा असन्तुष्टि बढेका बेला स्वतन्त्र पार्टीले आफ्नो संगठन विस्तार गर्न लागेको छ । जुन २०८४ को मिसनलाई पन्छाउने दाउमा रहेको छ।
