सुदूरपश्चिम प्रदेश: धनगढीमा सुदूर पश्चिम समाजले मनायो बृहत तिज विशेष कार्यक्रम

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले तिज विशेष शुभकामना आदानप्रदान,अल्पसंख्यक समुदायमा हुने भेदभाव न्यूनीकरणमा समेत थप टेवा पुग्ने: अध्यक्ष नेपाल

कञ्चनपुर: सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित धनगढी उपमहानगरपालिका वडा न.५ हसनपुरमा सुदूर पश्चिम समाजको कार्यालयको प्राङ्गणमा बृहत तिज विशेष कार्यक्रम मनाएको छ।आइतबार एक कार्यक्रमका बिच जिल्लाको सदरमुकाम धनगढीमा सुदूर पश्चिम समाजको कार्यालयको प्राङ्गणमा बृहत तिज विशेष नेपाली दिदिबहिनीहरुको महान चाड हरितालिका रूपमा मनाईने समानता र समाबेशी सहित योनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय विशेष बृहत हरितालिका तिज मिलन दर खाने कार्यक्रम २०८० को आयोजना गरेको सुदूर पश्चिम समाज धनगढीकि अध्यक्ष करुणा नेपालले बताउनु भयो।नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा सुदूर पश्चिम समाजद्धारा आयोजना गरिएको कार्यक्रममा सरोकारवाला निकाय, यौनिक तथा लैगिंक अल्पसंख्यक समुदाय लगायतका व्यक्तिहरुको उपस्थीतिमा तिज विशेष कार्यक्रम संचालन गरिएको अध्यक्ष नेपालले बताइन् ।

कार्यक्रम संचालन कार्यक्रम संयोजक राजु लामाले गर्नु भएको थियो । भने कार्यक्रमको स्वागत मन्तब्य सुदूर पश्चिम समाजका अध्यक्ष करुणा नेपालले राख्नु भएको थियो।कार्यक्रममा १ सय ५० जना भन्द बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । जसमा कैलाली तथा कञ्चनपुर का १०० भन्दा बढी यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको तिज विशेष कार्यक्रममा सहभागिता रहेको थियो । सरोकोरवाला निकाय, जनसमुदाय र यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायको साझेदारी कार्यक्रमले यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायमा हुने भेदभाव न्यूनीकरणमा समेत थप टेवा पुग्ने छ ।

ताजा समाचार