एमसीसीको विरोध प्रदर्शनबाट कञ्चनपुरबाट नेकपाका दुई जना पक्राउ

गणेश एसके/कञ्चनपुर : कञ्चनपुरबाट विप्लव नेतृत्वको नेकपाका दुई जना नेताहरु पक्राउ परेका छन् । मंगलबार जिल्लाको महेन्द्रनगरमा एमसीसी विरुद्धको विरोध प्रदर्शन गरिरहेको बेला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ललित सी र युवा संगठन नेपाल महाकाली ब्युरोका इन्चार्ज हर्क सी लाई प्रहरीले पक्राउ गरेको हो । अहिले नियन्त्रणमा लिएर उनीहरूलाई महेन्द्रनगर वडा प्रहरी कार्यालयमा राखेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
शान्तिपूर्ण तरिकाले राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिरहेको बेला यसरी प्रहरीले हस्तक्षेप गरेको प्रति नेकपा कञ्चनपुरले खेद प्रकट गरेको छ । देशमा अशान्ति मच्चाउने गरी राष्ट्रको हित विपरितको सम्झौता एमसीसिको विरोध गर्दा पार्टीका नेताहरु माथि हस्तक्षेप हुनु गलत रहेको नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी ले बताए । उनले भने ,“हाम्रो पार्टीका नेताहरुलाई निःशर्त रिहा नगरे पार्टी थप आन्दोलनमा उत्रेने निश्चित छ ।” यसरी नेकपा केन्द्रीय समितिले देशैभरि एमसीसि विरुद्धका चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

ताजा समाचार

spot_img