कञ्चनपुर :अखिल क्रान्तिकारी कञ्चनपुरको एकता भेला सम्पन्न भएको छ । सोमबार महेन्द्रनगरमा क्रान्तिकारी कम्युनिष्ट पाटी निकट अखिल क्रान्तिकारीको एकता भेला सम्पन्न भएको हो । अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा सुप प्रदेश इन्चार्ज सुरेन्द्र धानुकले क्रान्तिकारी कञ्चनपुरको एकता भेला, प्रशिक्षण तथा बैठक सम्पन्न भएको बताए ।

विशेष अतिथि समेत रहेका क्रान्तिकारी सुप प्रदेश इन्चार्ज धानुकले भेला, बैठकबाट बिरेन्द्र नाथको संयोजकत्वमा २१ सदस्यीय आयोजक कमिटि विस्तार गरिएको बताए । उनका अनुसार आगामी मंसिरमा हुने राष्ट्रिय भेला सम्पन्न गर्नका लागि जिल्लामा सम्मेलन गरिसक्नेदेखि शैक्षिक बिकृती बिरुद्धमा शसक्त भएर उठान गर्ने बताए ।

कार्यक्तमका प्रमुख अतिथि समेत रहेका क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा कञ्चनपुर इन्चार्ज शिखरले समेत प्रशिक्षण दिदै विद्यार्थीलाई शैक्षिक विकृती र सुधारका क्षेत्रमा काम गर्न आब्हान गरेका छन ।







