कञ्चनपुर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको १० औँ जिल्ला अधिवेशनमा पाटी जिल्ला सदस्य तथा भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र प्रशाद देवकोटामाथि कुटपिट गर्ने बिरुद्धमा कुटपिट तथा ज्यान उद्योगमा मुद्दा दायर गरिएको छ । वडाध्यक्ष एव पाटी जिल्ला सदस्य देवकोकोटामाथि शनिबार पाटी कार्यालयमै कुटपिट गर्ने ८ जना बिरुद्धमा कुटपिट तथा ज्यान उद्योगमा मुद्दा दायर गरिएको हो । घाईते देवकोटाकी आमा कमला देवकोटाले ८ जना बिरुद्धमा कुटपिट तथा ज्यान उद्योगमा किटानी जाहेर दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले वडाध्यक्ष देवकोटामाथि कुटपिट गर्ने ८ जना बिरुद्धमा मुद्दा दायर भएको बताए । ‘मुद्दा दायर भएको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘अब अनुसन्धान अघि बढ्छ, पक्राउ नपरेकाले नाम सार्वजनिक गर्न मिलेन् ।’ वडाध्यक्ष देवकोटा युवा संघ कञ्चनपुरको १०औँ अधिवेशन अध्यक्ष मण्डलको सदस्य रहेकाले सुचना टाँनेक्रममा अर्को पक्षले कुटपिट गरेका थिए । कुटपिटबाट घाईते वडाध्यक्ष देवकोटाको महाकाली अस्पतालमा उपचार नहुनसकेपछि धनगढी स्थित मायामेट्रो अस्पतालमा त्यहाँपनि उपचार हुन नसकेपछि थप उपचारका लागि आईतबार हवाईजहाज मार्फत काठमाण्डौँ लगिएको घाईतेका आफन्त ज्ञानेन्द्र फुयालले बताए । ‘धनगढीपनि उपचार गर्न समस्या भयो, सुधार भएन, कानबाट रगत बगिरह्यो, ‘उनले भने, ‘थप उपचारका लागि काठमाण्डौँ पठाएका छौँ ।’ देवकोटामाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि एक हुलले उनलाई निर्घात रुपमा कुटपिट गरेको देखिन्छ ।
हात,हात्ता,हेलमेडले फिल्मीशैलीमा कुटपिट गरिएको छ । पाटी जिल्ला सदस्य समेत रहेका वडाध्यक्ष देवकोटामाथि कुटपिट घटनाको एमाले कञ्चनपुरको समेत भत्र्सना जाहेर गरेको छ । एमाले कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै देवकोटामाथि कुटपिट घटना अनुशासनहिनता एव अराजकताको पराकाष्ठा भएको जनाईएको छ । बन्दसत्र चलिरहेका बेला केही व्यक्ति एकाएक हलभित्र पसेर कप्युटर तोडफोड गर्दै देवकोटालाई तानेर क्रूर र अमानविय तरिकाले कुटपिट गरिनु अराजकताको पराकाष्ठादेखि अक्षम्य अपराध भएको संज्ञा दिएको छ । एमाले कञ्चनपुर कावा अध्यक्ष लक्ष्मी बुढाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा पाटीको जिम्मेबार तहमा बसेकादेखि संगठनको जिम्मेबारीमै नरहेका व्यक्तिहरुबाट घटना संलग्नमाथि कानुनी तथा पाटीगत कार्बाही हुने जनाईएको छ । पाटी पोलिट्ब्यूरो सदस्य एव युवा संगठनका इन्चार्ज महेश बस्नेतकै प्रमुख आतिथ्यमा भएको युवा संगठन कञ्चनपुरको अधिवेशनमा दिनेश विष्ट र नविन चन्द दुई छुट्टाछुट्टै कमिटि घोषणाले पनि संगठनभित्रको विवाद छताछुल्ल भएको छ । युवा संगठनभित्रको यो बबण्डरले पाटी कार्याकर्ता विभाजित भईरहेका छन ।






