पुनर्वास: कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको लागी सहायक सामाग्री हुल्चियर वितरण गरिएको छ । अपाङ्गता भएका पुनर्वास नगरपालिका भित्रका १३ जना अपाङ्ग नागरिकहरु लाई सहायक सामाग्री हुल्चियर एक कार्यक्रमका विच वितरण गरिएको हो । महिला तथा बालबालिका शाखाका संयोजक एवं पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाको अध्यक्षतामा आयोजित अपाङ्गता मैत्री सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्य र प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरको बिशिष्ट आतिथ्य रहेको थियो। जन्मजात अपाङ्गता भएका तथा विभिन्न दुर्घटनाबाट अङ्गभङ्ग भएका तथा अरुको सहयोगमा हिँडडुल गर्नु पर्ने नागरिकहरुलाई पुनर्वास नगरपालिकाको सहायोगमा महिला तथा बालबालिका शाखाको आयोजना तथा पुनर्वास नगर अपाङग हक अधिकार संघ को समन्वयनमा ४ लाख बराबरको निशुल्क रुपमा अपाङ्गता भएका नागरिकहरुलाई ४ नर्मल हुल्चियर, ३ शौचालय चियर र ६ ट्राई साईकल वितरण गरिएको छ ।

हुल्चियर वितरण कार्यक्रममा बोल्नु हुदै पुनर्वास नगर अपाङग हक अधिकार संघ का अध्यक्ष छेन लामा तामाङले अपाङग नागरिकहरुलाई नगरपालिका संग समन्वय गरी यसरी सहायक सामाग्री वितरण गर्न पाउँदा खुशी भएको बताउनु भयो । यसै गरी कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानाले नगरपालिका भित्रबाट छनोट गर्दा १३ जना अपाङग नागरिक हिँडडुल गर्न अरुको सहायता चाहिने व्यक्तिलाई नगरपालिकाको सहायोगमा सामाग्री वितरण गरिएको बताउनु भयो । विभिन्न समयमा नगरपालिकाले अपाङग नागरिकहरुलाई सहयोग गर्दै आएको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै पुनर्वास नगरपालिका का नगर प्रमुख तोय प्रसाद शर्मा ले अपाङगता भएका व्यक्तिहरुलाई हुल्चियर वितरण गर्न पाएकोमा खुसी भएको र आगामी दिनमा पनि अन्य अपाङ्ग भएका नागरिकहरुलाई सहयोग गर्दै जाने बताएका छन् । अपाङ्गता मैत्री सामाग्री वितरण कार्यक्रममा महिला तथा बालबालिका शाखाका प्रमुख रिता मल्लको स्वागत मन्तव्य बाट शुरू गरिएको उक्त कार्यक्रमलाई महिला तथा बालबालिका शाखाकी पर्वती भट्टले सञ्चालन गर्नुभएको थियो।







