दोधारा चाँदनी नगर खेलकुद समितिमा बबण्डर : अध्यक्ष थापाले दिए राजिनामा


कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगर खेलकुद समितिमा बबण्डर भएको छ । हालै दोधाराचाँदनी नगरपालिका स्तरिय खेलकुद समिति गठन भएको थियो । आइतबार खेलकुद समितिका अध्यक्ष हर्क ब. थापाले राजिनामा दिएका हुन । चालु आर्थिक बर्ष सकिने असार पहिलो साता आएर अध्यक्ष थापाले पदबाट राजिनामा दिएका छन । अध्यक्ष थापाले दिएको राजिनामा पत्रमा मेयर किशोर लिम्बुलाई आरोप लगाउँदै राजिनामा लिएका छन । पद स्थापना भएको मितिदेखि खेलकुद सम्बन्धी काम गर्दै जाँदा तपाई मेयर किशोर कुमार लिम्बुबाट तपाईलाई अध्यक्ष जस्तो पदमा नियुक्त दिने व्यक्ति भनेको म हुँ तपाई लाई मेयरा कुरा चित्त बुझे काम गर्नुहोस नबुझे राजिनामा दिएर जान सक्नुहुनेछ ।

भनेर बारम्बार भनेपछि आफुले राजिनामा दिएको उल्लेख गरेका छन । मेयरबाट बारम्बार यस्ता शब्दले तिरस्कार गरेको हुँदा तिरस्कार सहेर बस्नु भन्दा चाकरी गुलामी नगर्ने व्यक्ति भएकाले पदबाट राजिनमा दिएको जनाएका छन । हर्क ब. थापाले आफुलाई मेयरले बारम्बार अपमान गर्दा अपमान सहन नसकेर राजिनामा दिएको बताए । ‘मैले मेरो तर्फबाट राजिनामा दिए, ‘उनले भने, ‘समाजिक काम गर्नका लागि पद नै चाहिन्छ भन्ने छैन, बिना पद पनि गर्न सकिन्छ ।’ सेनाको अधिकृतबाट सेवानिवृत भएर एमाले विचारमा आबद्ध भएपनि एमालेकै मेयरबाट तिरस्कार हुनुपर्ने उनको दुखेसो छ ।

मेयर किशोर कुमार लिम्बुले खेलकुद समितिका अध्यक्षले पालिकासग समन्वय नगर्ने, बैठक नबसाल्ने, भित्र भन्दा बाहिरका मान्छेसंगसमन्वय गर्ने, राष्ट्रपति रनिङ्गशिल्डमा पनि बाहिरका मान्छेलाई पठाएउने काम गरेर विवाद र अपारदर्शी काम गरेको बताए । गत बर्ष सम्पन्न भएको राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगितामा विवादमा परेपनि आफु अनुकुल खर्च गर्नेदेखि बजेट माग्न थालेपछि असन्तुष्ट हुँदै राजिनाम दिएको बताए । ‘उहाँको समिति भित्रै कुरा नमिल्दो रहेछ, ‘मेयर लिम्बुले भने, ‘आफुसंग पटक पटक राजिनामा दिने बताए, तपाई काम गर्न नसक्ने भए राजिनामा देउ मैले भनेको हुँ ।’


Loading Viewer...

ताजा समाचार

spot_img