सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोत शिक्षकले बुझाए दोधारा चाँदनी नगरपालिकामा ज्ञापन पत्र

दोधारा । सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षकहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । दोधारा चाँदनी नगरपालिकाका सामुदायिक बिद्यालयमा कार्यरत निजी श्रोत शिक्षकहरुले आफ्नो पेशा सुरक्षित नभएको बताउदै पेशाको ग्यारेन्टीको माँग राख्दै दोधारा चाँदनी नगरपालिका कार्यालयमा ज्ञापन बुझाएको सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीका संयोजक चन्द्र प्रकाश बिष्टले जानकारी दिएका छन् । सामुदायिक विद्यालयमा निजी स्रोतबाट अध्यापन गर्दै आएका शिक्षकहरुलाई नगर शिक्षक घोषणा गरिनु पर्ने, नगरपालिकाबाट सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकहरुलाई शतप्रतिशतको रुपमा समान कामको समान वेतन (तलब/भत्ता) व्यवस्था गरिनु पर्ने माँग राखिएको सामुदायिक बिद्यालयका निजी श्रोत शिक्षक संघर्ष समिति दोधारा चाँदनीका संयोजक चन्द्र प्रकाश बिष्टले बताएका छन् ।

‘दोधारा चाँदनी नगरपालिकाका सामुदायिक विद्यालयमा निजी स्रोतबाट विगत लामो समय कदेखि अध्यापन गर्दै आएका शिक्षकहरु सरकारको सुविधाबाट बन्चित हुदै आएको कुरा हजुरहरुलाई अवगतनै छ् । तथापी यस स्थानीय सरकारले केही वर्ष देखि सामुदायिक विद्यालयका निजी स्रोत शिक्षकहरुका लागि तहगत मापदण्ड तोकी केही सुविधा प्रदान गरेकोमा स–धन्यवाद पनि दिन चाहन्छौं ।

विगत लामो समय देखि निरन्तर रुपमा अध्यापन गर्दै आएका निजी स्रोत शिक्षकहरु शिक्षण पेशामा संलग्न भएता पनि हाम्रो जागिर सुरक्षित नभएको महशुस गरेका छौं’ ज्ञापन पत्रमा भनिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds