दोधारा चाँदनी– १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेला सम्पन्न : संयोजकमा खत्री चयन


दोधारा । राष्ट्रिय स्वतन्त्र पार्टीको दोधारा चाँदनी नगरपालिका– १ को वडा संयोजकमा प्रेम कुमार खत्री चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दोधारा चाँदनी नगरपालिका– १ को वडा भेलाले वडा संयोजकमा प्रेम कुमार खत्री सर्वसम्मत चयन भएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनी नगर कमिटिका संयोजक पुरन कुमाले जानकारी दिएका छन् ।

भेलाले खेमराज भट्ट, गगन बोहरा, गंगा दत्त भट्ट, बसन्ती भट्ट, नरेन्द्र प्रसाद भट्ट, गोमती महर, सरस्वती ठकुरी, शंकरराम महर, बिमला चन्द, मदन राज भट्ट, केशर सिंह सदस्य पदमा चयन भएको राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बताएका छन् ।

वडा भेलाले चयन गरिएको पदाधिकारीहरुलाई चाडै पुर्णता दिने. बताईएको छ् । नगर संयोजक कुमालले दोधारा चाँदनी नगरपालिकाका सबै वडाहरुमा संगठन बिस्तार गर्ने क्रममा वडा कमिटि गठन कार्यलाई तिब्रता दिने राष्ट्रिय स्वतन्त्र पार्टी दोधारा चाँदनीका नगर संयोजक पुरन कुमालले बताएका छन् ।

देशको बदलिदो परिस्थितीको कारण राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन स्थानियहरुको बढ्ने नगर संयोजक कुमालको दाबी रहेको छ् ।

 


ताजा समाचार

spot_img