दोधारा चाँदनीमा कृतिम अभ्यास सहित आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिम

दोधारा । नेपालमा विपद् व्यवस्थापनमा बिभिन्न समस्याहरु रहने गरेका छन् । बाढीको रोकथाम, न्यूनीकरण, उद्घार, पुर्नस्थापना एवं पूर्ननिर्माणमा जोड दिए पनि त्यसको मानविय मापदण्ड तथा पुर्व सुचना प्रणालीको बारेमा ध्यान नदिएको देखिन्छ् । विपद् जोखिमको रोकथाम, न्यूनीकरण उद्घार, पुन : स्थापना एवं पूर्ननिर्माणको लागि प्रयाप्त मात्रामा दक्ष जनशक्ति एवं साधन स्रोतको मानविय मापदण्डमा ध्यान नदिदा बिभिन्न समस्या खेप्नु पर्ने अवस्था रहेको छ् । बिगतमा भएका बिभिन्न समयमा आएका बाढीका घटनाबाट समेत हामीले पाठ सिक्न सकेका छैनौ । यसै बिषयलाई जोडेर दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने युवा, बिपद् ब्यवस्थापन समिति तथा खोज उद्धार टोली लगाएत सरोकारवालालाई दुई दिने आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिम संचालन गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल र दोधारा चाँदनी नगरपालिका कार्यालयको आयोजनामा कृतिम अभ्यास सहित दुई दिने आधारभुत मानविय मापदण्ड सम्बन्धी तालिमको आयोजना गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् ।

तालिममा बाढीबाट बच्न र बचाउन कृतिम अभ्यास समेत गरिएको छ् । महाकाली नदीमा स्थानिय युवा, खोज उद्धार टोलीहरुले बाढी आएको बेला कसरी धनजनको सुरक्षा गर्ने भन्ने बिषयमा महाकाली नदीमा कृतिम अभ्यास गरेका हुन् । विपद् आएको बेला क्षती कम गर्ने उपाय, बाढीको रोकथाम, विपद् जोखिम न्यूनीकरण गर्ने लगाएतका मानविय मापदण्डको पूर्व तयारी विषयमा तालिममा बताईएको तालिमका सहभागीहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकालाई चारै तर्फ महाकाली नदी र जगबुडा नदीले घेरेको टापु नगरपालिका रहेको हुदा स्थानियहरुले बर्षेनी बाढीको समस्या झेल्दै आएको अवस्थामा बाढी आउनु पुर्व सुचना प्रणाली मापदण्ड, आउदा र आएपछिका मानविय मापदण्डको बिषयमा सहभागीहरुलाई छलफल तथा तालिममा जानकारी गराईएको प्रगती बिपद् ब्यवस्थापन समितिका अध्यक्ष पुर्णाकला कसेराले बताउनुभएको छ् ।

तालिममा नगरका विपद् जोखिम क्षेत्रमा बसोबास गर्नेहरुलाई विपद्को पूर्व तयारी, विपद्को समयका के गर्ने, विपद् पछिको व्यवस्थापनका चरण, आधारभुत मानविय मापदण्डको ढाँचा, विपद् व्यवस्थापन सम्बन्धी नेपाल सरकार तथा अन्य संघ संस्थाका निति लगाएतको बारेमा जानकारी दिईएको प्रगती बिपद् ब्यवस्थापन समितिका अध्यक्ष पुर्णाकला कसेराले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, ९ र १० उच्च जोखिममा रहेका वडाहरु हुन् । बाढीले उक्त वडाहरुमा वर्षेनी ठुलो धनमालको क्षती पुर्‍याउदै आएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगरउप्रमुख गंगा देबी जोशीले नगर क्षेत्रमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लगाएत संस्थाहरुले बाढीको रोकथाम, न्यूनीकरण, उद्घार, पुर्नस्थापना एवं पूर्ननिर्माणमा जोड दिदै आएको बताउनुभएको छ् ।

ताजा समाचार

This will close in 10 seconds