महिलाहरुलाई आत्मनिर्भर बनाउन दोधारा चाँदनी– ४ मा चुरा, पोते तालिम

दोधारा । सधै घरायसी काम धन्दामा मात्र सीमीत रहने महिलाहरु इति बेला सीप सिकेर आत्मनिर्भर बन्नुपर्छ भन्ने कुरामा सचेत भएको पाईन्छ । कुनै समयमा पुरुषको आदेशमा चल्ने महिलाहरु अहिले आफैमा मेहेनत गरेर स्वरोजगार बन्न खोजिरहेका छन् । अवसर पाए महिलाहरुले पनि पुरुष सरह गर्न सक्छन् भन्ने उद्धेश्यले दोधारा चाँदनी नगरपालिका– ४ का महिलाहरुको लागि वडास्तरिय चुरा, पोते तालिम संचालनमा ल्याएको छ् । दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयको आर्थिक सहयोग र महाकाली महिला बिकास नेपाल दोधारा चाँदनीको आयोजनामा एक हप्ते चुरा, पोते बनाउने तालिम संचालन गरिएको छ् । यतिबेला महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउन चुरा, पोते, माला तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जानकारी दिएका छन् । महिलाहरु आर्थिक रुपमा कमजोर हुदा पछाडी परेकाले तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

उनले महिलाहरुलाई उद्यमी बनाउदै आत्मनिर्मर बनाउन तालिम आयोजना गरिएको बताए । तालिममा सहभागीहरुले तालिमले सम्पुर्ण सहभागीलाई हौसला थपेको भन्दै सामाग्री उत्पादन गरेर बजारीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वडामा रहेका सबै टोल बस्तीका उद्यमी बन्न चाहाने महिलाहरुलाई तालिमका सहभागी रहेको दोधारा चाँदनी नगरपािलका– ४ का वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । तालिम सकेर महिलाहरुले ब्यवसायीरुपमा कार्य गरेमा आफ्नो पकेट खर्चको लागि कोही संग हात फैलाउन नपर्ने वडा सदस्य सिंहले बताएका छन् । तालिममा १५ जना महिलाहरुको सभागी रहेको छ् ।

तालिमको समापन संगै महिलाहरु ब्यवसायीरुपमा काम गर्नमा उन्मुख हुने प्रतिबद्धता जाहेर गरेका छन् । महाकाली महिला बिकास संस्थाका अध्यक्ष रन्जना सुनारले आफ्नो संस्थाले संचालन गरेको तालिममा तालिम पश्चात सहभागीहरुले ब्यवसायीरुपमा काम गरेको नगरेको अनुगमन गर्ने बताएका छन् । उनले कार्यक्रम संचालन गर्न सहयोग गर्ने दोधारा चाँदनी नगरपालिका– ४ वडा कार्यालयलाई धन्यबाद दिदै आफ्नो संस्थाहरुले बिगत केही वर्ष देखि महिलाको क्षेत्रमा काम गर्दै आएको बताएका छन् ।

तालिमका प्रशिक्षक छाया चन्द रहेका छन् । तालिम उपलब्धीमुलक रहने बिश्वास गरिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds