दोधारा चाँदनीबाट सडक दुर्घटना न्युनिकरण सम्बन्धी देशब्यापी जनचेतनामुलक सास्कृतिक अभियान सुरु

दोधारा । राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा दोधारा चाँदनी नगरपालिकामा लक्षित समुदायमा क्षमता अभिबृद्धिका साथै सडक दुर्घटना न्युनिकरण सम्बन्धी देशब्यापी जनचेतनामुलक सास्कृतिक अभियान– २०८० को थालनी गरिएको छ् । राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालको टोलीलाई स्वागत गर्दै दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले मैनबत्ती बालेर देशब्यापी अभियानको सुरुवात गर्नुभएको थियो । ‘मौलिक कला सास्कृतिको संरक्षण गरौं, दबेको आवाज लुकेको प्रतिभाको आवाजको उजागर गरौं, आर्थिक, सामाजिक, सास्कृतिक, बिकृती, बिसंगती, अराजक्तको अन्त्य गरौं सभ्य समाजको निमार्ण गरौं, हराउदै गएको मानवताको रक्षा गरौं, घट्दै गएको आत्म बिश्वास जगाउ, परिवर्तन सम्भावना छ, सुरु आजैबाट गरौं, आफुबाट गरौं’ मुल नारा सहित कैलालीबाट पत्रकार सम्मेलन गरि जानकारी गरिएको लक्षित समुदायमा क्षमता अभिबृद्धिका साथै सडक दुर्घटना न्युनिकरण सम्बन्धी देशब्यापी जनचेतनामुलक सास्कृतिक अभियान– २०८० को सुरुवात शुदुरपश्चिमको दोधारा चाँदनी नगरपालिकाको अम्बिका माबिबाट सुरु गरिएको राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष आकाश विरही (कान्छा) ले जानकारी दिनुभएको छ् ।

समाजका हुने बिभिन्न खालका बिकृतिको बारेमा सास्कृति कार्यक्रमको माध्यमबाट सचेतना गरिएको थियो । कार्यक्रममा एशियाकै सबै भन्दा सानो उचाई भएका मुना घिमिरेले संगितको माध्यमबाट बिद्यार्थी, अभिभावक तथा स्थानियहरुलाई मन्त्रमुग्घ बनाएका थिए । सास्कृतिक जनचेतनामुलक कार्यक्रममा अपांग भएका एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो कलाको प्रदर्शन गरेका थिए । अपांग भएका ब्यक्तीहरुले पनि समाजमा केही गर्न सक्छन भन्ने कार्यक्रमको उद्धेश्य समेत रहेको आयोजक संस्थाले जानकारी दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा संचालन गरिएको लक्षित समुदायमा क्षमता अभिबृद्धिका साथै सडक दुर्घटना न्युनिकरण सम्बन्धी देशब्यापी जनचेतनामुलक सास्कृतिक अभियान– २०८० का टोलीलाई स्वागत गर्दै कार्यक्रम निकै समय सान्द्रभिक र उत्साहजनक रहेको बताउनुभएको छ् ।

कार्यक्रममा अपांग भएका ब्यक्तीहरुले समाजको अभिन्न अंग भएको बताउनुहुदै अपांगता भएर गाँउ, बस्तीमा रहेका बसेकाहरुलाई कार्यक्रमले आत्म बिश्वास जगाउन सघाउने बताउने नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालले देश भरीको ७ सय ५३ स्थानिय तहमा आफ्नो अभियान संचालन गर्ने राष्ट्रिय अपांग तथा साङ्ग सास्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष आकाश विरही (कान्छा) ले बताउनुभएको छ् ।

कार्यक्रममा सडक दुर्घटना न्युनिकरण, लागुऔषध नियन्त्रण लगाएत बिषयमा सास्कृतिक कार्यक्रमको माध्यमबाट स्थानियहरुलाई सचेतना गरिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds