बाढीबाट मानविय क्षती रोक्न कुतियाकवर बस्तीमा ‘सुरक्षित आश्रय गृह’ निमार्ण कार्य सुरु : स्थानियहरु हर्षित

दोधारा । दोधारा चाँदनी नगरपालिका कुतियावकर बस्तीमा बाढीबाट मानविय संगै धनमालको क्षतीलाई रोक्न सुरक्षित आश्रय गृह निमार्ण कार्य सुरु गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु र उपमेयर गंगा देबी जोशीले दोधारा चाँदनी नगरपालिका– १० कुतियकवर बस्तीमा सुरक्षित आश्रय गृह निमार्ण कार्यको आज शिल्यान्यास गर्नुभएको हो । कुतियकवर बस्ती दोधारा चाँदनी नगरपालिका क्षेत्रकै उच्च बाढीको जोखिममा रहेको भारत संग जोडिएको सिमा बस्ती हो । दोधारा चाँदनी नगरपालिका क्षेत्रको बाढी ग्रस्त बस्ती कुतियाकवरमा बाढीबाट धनजनको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण कार्य स’शरु गरिएको दोधारा चाँदनीका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । निड्स नेपाल कञ्चनपुर, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोगमा कुतियाकवर बस्तीमा सुरक्षित आश्रय गृह निमार्ण कार्य संचालन गरिएको दोधारा चाँदनी नगरपालिका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको रु. ५ लाख, निड्स नेपाल कञ्चनपुरको रु. १४ लाख ८५ हजार १ सय १० र नेपाल नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को रु. ६ लाख तथा स्थानियहरुको श्रमदानबाट रु. १ लाख ३१ हजार २ सय २७ गरि जम्मा रु. २७ लाख १६ हजार ३ सय ३७ लागतमा निमार्ण कार्य थालिएको दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशीले बताउनुभएको छ् । ककयस आर्थिक वर्षमा झण्डै २७ लाख १६ हजार ३ सय ३७ लागतमा निमार्ण कार्य सुरु गर्ने र आउदो वर्षमा थप कार्यको लागी बजेट बिनियोजन गर्ने कार्यक्रम रहेको नगरउप्रमुख जोशी बताउनुभएको छ् ।

बाढीको बेला महिला, बालबालिका, अपांग, सुत्केरी महिला, अशक्तहरुको ज्यान जोगाउनुको साथै उनिहरुको आवश्यक खाद्यान्न तथा लत्ता कपडालाई सुरक्षित राख्न सकिने गरि निमार्ण गरिन लागेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले जानकारी दिनुभएको छ् । स्थानियबासी टेक बहादुर सुनारले सुरक्षित आश्रय गृह निमार्ण कार्यको लागी एक कट्टा जग्गा दान दिए संग निमार्ण कार्य अघि बढाईएको हो । कुतियावकर बस्तीमा ४२ घरधुरी रहेका छन् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको उक्त बस्तीमा वर्षेनी बाढीले लाखौको धनमालका क्षती पुर्‍याउदै आएको छ् ।

बाढीको कारण मानविय क्षतीको त्रास पनि त्यत्तीकै रहन्छ् । बस्तीमा मानविय तथा धनमालको क्षती रोक्न सुरक्षित आश्रय स्थल निमार्ण गर्न थालिए संगै स्थानियहरु हर्षित भएका छन् ।

 

ताजा समाचार

This will close in 10 seconds