दोधारा चाँदनीका उपमेयर जोशीले दिए बिपन्न परिवारलाई खाद्यान्न

दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बिपन्न परिवारलाई खाद्यान्न दिएका छन् । दोधारा चाँदनी नगरपालिकाका तिन घरपरिवार खाद्यान्नको समस्यामा रहेका अवस्थामा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले उनिहरुको घरमा पुगी खाद्यान्न दिएका हुन् । दोधारा चाँदनी नगरपालिका– ३ का पार्वती सुनार, बिर बहादुर सुनार र वडा नं. १० का रन नाथलाई चामल, दाल, तेल, नुन, सोयाविन बितरण गरिएको दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गंगा देबी जोशीले जानकारी दिएका छन् ।

खाद्यान्नको समस्या झेल्दै आएका उनिहरुलाई खाद्यान्न उपलब्ध गराएका संगै खुशी भएका छन् । उनिहरुले उपमेयर जोशीलाई धन्यबाद दिदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा राखेका छन् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले आगामी दिनहरुमा पनि बिपन्न तथा गरिब परिवार लक्षित कार्यक्रम संचालनको लागी नगरपालिकामा पहल गर्ने बताएका छन् ।

गरिब तथा बिपन्नहरुलाई खाद्यान्न दिन थाले संगै स्थानियहरुले उपमेयर जोशीको प्रशंसा कगरेका छन् ।

 

ताजा समाचार