कुतियाकवर सडक निमार्ण कार्यको दोधारा चाँदनीका मेयर लिम्बुद्धारा अनुगमन

दोधारा । कुतियाकवर बस्तीमा निमार्ण भईरहेको सडकको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १० मा पहिलो पटक निमार्ण भईरहेको ५ सय ५४ मिटर पानी पिच सडकको दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु लगाएत टोलीले स्थलगत अनुगमन गरेका हुन् । बाढी प्रभावित बस्तीमा सडक निमार्ण हुन थाले संगै स्थानियहरुमा खुशी छाएको छ् । प्रदेश सरकारको पुर्वाधार बिकास कार्यक्रम अनुसार कुतियाकवर बस्तीमा सडक निमार्णले कुतियाकवर बस्तीको दशगजा क्षेत्रमा आवात गर्दै आएका स्थानियहरुले राहत महशुस भएको स्थानियबासी मोतीराम सुनारले बताएका छन् । बाढी प्रभावित क्षेत्र भनेर चिनीने कुतियावकर बस्तीको बिकास र समृद्धिको लागी दोधारा चाँदनी नगरपालिका गम्भिर रहेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

बाढीको उच्च जोखिममा रहेको कुतियाकवर बस्तीमा आउदो आर्थिक वर्षमा थप बिकास कार्य अघि बढाउने योजना रहेको मेयर लिम्बुले बताएका छन् । बिगतका दिनहरुमा दशगजा क्षेत्रमा आवत जावत गर्दा भारतिय पक्षबाट समय समयमा नेपालीहरुलाई दुख दिने कार्य गर्दै आएको अवस्थामा आफ्नै भुमीमा सडक निमार्ण कार्यले स्थानियहरुमा ठुलो राहत महशुस भएको स्थानियबासी टेक बहादुर बुढाले बताएका छन् । ‘हिल्याम्मे दशगजा बाटो प्रयोग गर्नु पर्ने समस्या हल हुने भयो’ खडक बुढाले भने । बिकास हुने सिलसिला जारीनै छ् ।

पहिलो पटक भारत संग जोडिएको सिमा बस्ती कुतियावकरमा सडक निमार्ण कार्यले तिब्रता पाएको हो । पुस्तौं देखि राज्यबाट दोस्रो दर्जाको नागरिकको रुपमा उपेक्षित बनेर कुतियाकवर बस्तीमा बस्नु परेको गुनासोहरु बिस्तार न्युन हुदै गएको आभाष भएको स्थानियहरु बताउछन् ।

अनुगमनमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री लगाएत स्थानियहरुको उपस्थिती रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds