दोधारा चाँदनी– ४ मा निशुल्क सिलाई कटाई सुरु

दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं ४ मा सिलाई कटाई तालिम सुरु भएको छ । दोधारा चाँदनी नगरपालिका– ४ का आयोजनामा २ महिने निशुल्क सिलाई कटाई तालिम संचालन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । चालु आर्थिक वर्षको वडा कार्यालयको कार्यक्रम अनुसार गरीब, विपन्न महिलाहरुलाई सरोजगार बनाउने उद्धेश्यले सिलाई कटाई तालिमको आयोजना गरिएको वडा सदस्य गगन बहादुर सिंहले बताएका छन् । तालिममा ३० जना सहभागी रहेका छन् । बिहान र बेलुका गरि दुई समुहमा दैनिक ८ घण्टा तालिम संचालन गरिने बताईएको छ् । कार्यक्रम उद्घघाटन कार्यक्रमका दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्ने कुरामा जोड दिदैं कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

वडाध्यक्ष सुनारले आर्थिक सवलताले गर्दा समाज विकास हुने समाज विकास हुदा राष्ट्रको विकास हुने बताउदै कुरामा जोड दिदै, आगामी दिनमा पनि महिला सशक्तिकरण सम्बन्धित तालिम दिने प्रतिबद्धता व्यक्त गरेका छन् । तालिम उद्धघाटन सत्रमा आय आर्जनमा महिलाको सहभागिता महत्वपूर्ण रहेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

उद्धघाटन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाम– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा सदस्य गगन बहादुर सिंह, पदमराज भट्ट, सरस्वती लुहार, हिरमा चन्द लगाएत तालिमका सहभागीहरु रहेका थिए ।

 

ताजा समाचार

This will close in 10 seconds