दोधारा चाँदनीका उपमेयर जोशी र भारतको बिद्यान सभा सदस्य कापडी बिच भेटवार्ता

दोधारा । दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी र भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कापडी बिच भेटवार्ता भएको छ् । भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी नगरपालिकाको उपमेयर गंगा देबी जोशी र भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य तथा भारतिय काग्रेंसका प्रदेश अध्यक्ष बिच भेट भएको हो । भारत (उत्तराखण्ड) खटिमा बिद्यान सभाका सदस्य भुवन कपाडीको आमन्त्रणमा भारत, उत्तराखण्ड, खटिमामा दोधारा चाँदनी उपमेयर गंगा देबी जोशी र भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडी बिच भेटवार्ता भएको हो । भेटमा दोधारा चाँदनी नगरपालिका खुला सिमा रहेको हुदा सिमा क्षेत्रमा बेलाबखत भारतिय पक्षले गर्दै आएको ज्यादतीको बिषयमा बिद्यान सभा सदस्य कापडी बिच छलफल भएको थियो । सिमा क्षेत्रमा भारतिय पक्षबाट औषधी उपचार गर्न भारत आवत जावतको समय समयमा भारतिय सुरक्षाकर्मीहरुबाट रोकटोक लगाएत दैनिक कृषी प्रयोजन तथा उपभोग्य समान आयात निर्यात लगाएत सिमा क्षेत्रको समसायिक बिषयमा समेत छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले बताएका छन् ।

दुबै पक्षबाट सिमा क्षेत्रमा कसरी शान्ती सुरक्षा कायम गर्न सकिन्छ भन्ने बिषयमा आ–आफ्नो तर्फबाट प्रयास गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् । दोधारा चाँदनी नगरपालिकाको सिमा क्षेत्रमा बेला बखत हुने असुरक्षालाई सबै पक्षले मिलेर न्युनिकरण गर्न चाडै स्थानिय स्तरमा दुबै देशका सुरक्षा अधिकारी, जनप्रतिनिधी तथा स्थानियहरु सम्मलित समन्वयत्मक बैठक संचालन गर्ने भेटमा बताईएको छ् । भेटमा दोधारा चाँदनी नगरपालिका संग जोडिएको सिमा क्षेत्रमा शान्ती सुरक्षा कसरी कायम राख्न सकिन्छ भन्ने समन्वत्मक बैठकको मुल उद्धश्य रहने बताईएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशीले भारत संग जोडिएको सिमा क्षेत्रलाई कसरी शान्तीमय बनाउन सकिन्छ भन्ने बिषयमा आजको भेटघाट भएको बताएका छन् । भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कापडीले समेत सिमा क्षेत्रमा शान्ती कायम राख्न चाँसो राखेको उनले बताएका छन् ।

बैठकमा दोधारा चाँदनी नगरपालिका वडा नं. ३ को बडुवाल टोलमा जंगली हात्तीको न्युनिकरण गर्ने बिषयमा समेत छलफल गरिएको थियो । भारत (उत्तराखण्ड) बिद्यान सभा सदस्य भुवन कपाडीले बैठक पुर्णरुपमा फलदायी रहेको बताएका छन् । भेटमा दुबै देशका जनप्रतिनिधीहरुले मायाको चिनो साटा–साट समेत गरेका थिए ।

ताजा समाचार

This will close in 10 seconds