दोधारा चाँदनीको वडा– वडामा योग शिविर

दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडा वडामा पतञ्जली योग समितिले योग शिविर संचालन गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका दशै वटा वडाहरुमा तिन दिवसीय योग शिविर संचालन गर्ने कार्यक्रम अनुसार शिविर संचालन गरिएको पतञ्जली योग समिति दोधारा चाँदनीका अध्यक्ष हरिओंम रसाईलीले जानकारी दिएका छन् ।

योगका माध्यमबाट जुन सुकै रोकको निवारण र रोग समेत लाग्न नदिन शरिर भित्रको प्राण लाई भित्र्याउने र सहि प्रयोगबाट रगत सुदृढीकरण गरी स्वस्थ्य, तनाव मुक्त जीवन यापन गर्न सहज हुने कुरामा जोड दिदै आहार व्यवहार, लगाएत प्रणायाम, सुक्ष्म व्यायम लगाएतका प्रक्रियाहरुबाट मानिसहरुलाई मानसिक तथा शारिरिक तन्दरुस्त बनाउने योग शिविरको प्रमुख उद्धेश्य रहेको पतञ्जली योग समिति दोधारा चाँदनीका अध्यक्ष हरिओंम रसाईलीले बताएका छन् । योग शिविरमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ् ।

ताजा समाचार