एकाएक रातिको समयमै रहस्यमय तरिका बाट सम्पर्क बिहिन भए पुर्ण सुहाङ

खोजिनिधी गर्न प्रहरी प्रशासन लाई घरपरिवार दिए जाहेरी


झापा: नेपालको राजनीतिले एकातिर मोडेको युवाको सकारात्मक सोच नै बिच बाटैमा अस्थाउन थालेका छन्।

प्रदेश नम्बर १ को नामाकरणले बिबादास्पदको रुप लिएको बेलामा बैशाख ३१ गते राति ११.३० बजे बुद्धशान्ति गाउँपालिका वडा न.४ को एल भि इन्जार्च सङ्घर्ष समितिका युवा नेता पुर्ण सुहाङ एकाएक रातिको समयमै रहस्यमय तरिका बाट सम्पर्क बिहिन भएका छन् ।

युवा नेतालाई राजनितिकरण र त्यसैको आडमा युवा नेता सुहाङ लाई एक युवक दिलकुमार लिम्बु (करण) लगायत उनी संग आएको ८/ ९ जनाको टोलिले बुद्धशान्ती वडा नम्बर ४ खन्युगैडा झोलुङ्गे पुल देखि उनले बेपत्ता बनाएको उहाको बुवा खम्बसिङ सुहाङले भनाइ रहेको छ।

एकाएक सम्पर्क बिहिन भएका युवा पुर्ण को मोबाइल समेत अफ रहेको छ । जसका कारण हाल सम्म घर परिवार सँग सम्पर्कमा समेत आएको छैन । निरन्तर स्थानीयको खोजतलास गर्ने क्रम कुनै पत्ता नै नलागेको उनका घरपरिवारले बताउनु भयो। घरपरिवारका अनुसार उनले चड्ने मोटरसाइकल र चाबी खन्युगैडा झोलुङ्गे पुलमै भेटिएको छ ।
खोजीतलासिका लागि ईलाका प्रहरी कार्यालय धुलाबारी झापामा हुलिया खुल्ने किटानी जाहेरी संगै सकुशल मान्छेको। खोजितलासी गर्नका लागि समेत निवेदन पेश गरेको छ।

मान्छे नै बेपत्ता बनाउनै पर्ने कारण भने प्रस्ट खुल्न भने सकेको छैन । थप खोजी तलासि गरि पाउँ भनी इलाका प्रहरि कार्यलय धुलाबारिमा समेत निबेदन दिएको छ।


Loading Viewer...

ताजा समाचार

spot_img