दोधारा चाँदनी– १० मा गरिव र बिपन्नका लागी घर निमार्ण हुदै


दोधारा । दोधारा चाँदनी नगरपालिका– १० मा टिनको छानो भएको ८ वटा घर निमार्ण भईरहेका छन् । दोधारा चाँदनी नगरपालिका– १० वडा कार्यालयको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडामा रहेको गरिब तथा बिपन्न घरपरिवारलाई ८ वटा घर निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् । २ कोठामा टिनले छाएको छानो भएको आवास निमार्ण कार्य अघि बढाईएको वडाध्यक्ष सिंहले बताएका छन् । दोधारा चाँदनी नगरपालिका– १० बाढी प्रभावित बस्ती हो ।

फुसको घर बिस्तापित योजना अनुसार यस वर्ष वडा कार्यालयको कार्यक्रम अनुसार ८ घरपरिवारको लागी आवास कार्यक्रम अनुरुप घरहरु निमार्ण कार्य अघि बढाईएको बताईएको छ् । ‘अतिविपन्न त्यसैमा फुसको घर भएकाहरुलाई छनौट गरि घरहरु निमार्ण कार्यलाई अघि बढाईएको छ्’ दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले भने । गरिब तथा बिपन्नहरुलाई घर निमार्ण हुन थाले संगै उनिहरुमा खुशी छाएको छ् ।

स्थानियहरुले वडाध्यक्ष चन्द्र बहादुर सिंह लगाएत उनका टिमलाई धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मेयर तथा उपमेयर आवास कार्यक्रम अनुसार समेत गरिब तथा बिपन्नहरुलाई घर निमार्ण कार्य संचालनमा रहेको छ् । (फाईल फोटो)


ताजा समाचार

spot_img