दोधारा चाँदनीमा मेयर कप ‘टि ट्वान्टी क्रिकेट’ प्रतियोगिता सम्पन्न : वडा नं. २ बिजयता


दोधारा । दोधारा चाँदनी नगरपालिकामा तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकामा जारी तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको छ् । वर्षाको कारण अबरुद्द भएको तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता शनिवार सम्पन्न भएको खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापाले जानकारी दिएका छन् । नगर क्षेत्रको ८ टिम सहभागी रहेको प्रतिष्प्रधात्मक खेलमा दोधारा चाँदनी नगरपालिका वडा नं. – ९ को टिमलाई हराउदै वडा नं. नं. २ का टिम यस वर्षको मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको बिजय भएको छ् ।

बिजयता वडा नं. २ टिमलाई चेक रु. ५१ हजार र उपविजेता वडा नं. ९ टोलीलाई चेक रु. ३१ हजार धनरासी तथा प्रशंसा पत्र प्रदान गरिएको छ् । तेस्रो मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडाध्यक्ष पदम बहादुर सिंह, गोपीलाल कडेंल, ज्ञानेन्द्र बहेक क्षेत्री, मालिका आधारभुत बिद्यालयका प्रअ पदम बहादुर सिंह, नेकपा एमालेका नेता राजिव खड्का, खेलकुद बिकास समिति दोधारा चाँदनीका अध्यक्ष हर्क बहादुर थापा लगाएत पदाधिकारी, खेलाडी, बिभिन्न राजनितिक दलका प्रतिनिधी, अधिकारकर्मी लगाएत खेलप्रेमीहरुको बाक्लो सहभागिता रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img