दोधारा चाँदनी नगरपालिकामा सर्वपक्षिय बैठकमा निती र कार्यक्रमको सुझाव संकलन


दोधारा । दोधारा चाँदनी नगरपालिकाले सर्वपक्षीय भेलाबाट निति तथा कार्यक्रमको बारेमा सल्लाह सुझाव संकलन गरेको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको भोली हुने भनिएको नगर सभाको लागी सर्वपक्षिय भेलाबाट निती र कार्यक्रमको बारे सल्लाह तथा सुझाव संकलन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा संचालन भएको सर्वपक्षिय भेलामा नगरको नितीगत कार्यक्रम, सार्वजनिक जग्गालाई पालिकाले आफ्नो मातहतमा ल्याउने, पालिकाको आम्दानीको श्रोत बढाउने लगाएत नितिगत कार्यक्रमको बारेमा भेलामा छलफल भएको नेकपा एमालेका नेता राजिव खड्काले बताएका छन् । कार्यक्रममा नगरपालिकाले अहिले सम्म गरेको बिकास निमार्णका कार्यक्रमको समेत समिक्षा तथा सुधारका पक्षको बारेमा छलफल गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनाएका छन् ।

पालिकामा भईरहेको बिकास निमार्णको कार्यको पारदर्शी बनाउन कार्यमा सहयोगको लागी नगरपालिकाले सर्वपक्षिय भेलाको आयोजना गरिएको बताईएको छ् । भेलामा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, दलका नेता तथा कार्यकर्ता तथा स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो । नगरपालिकालाई समृद्ध बनाउन गर्नु पर्ने कार्यको भेलालले आ–आफ्नै तरिकाबाट सुझाव दिएको दोधारा चाँदनीका मेयर लिम्बुले बताएका छन् ।

सर्वपक्षिय भेलामा दोधारा चाँदनी नगरपालिका कार्यालयका कर्मचारी र जनप्रतिनिधीहरुको केही दिन अघि गएको अवलोकन भ्रमणको खर्चा रकम सार्वजनिक गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय सर्वपक्षीय भेलाबाट निति तथा कार्यक्रमको बारेमा सल्लाह सुझाव संकलन गर्ने कार्यक्रम निकै सकारात्मक रहेको महिला अधिकारकर्मी नन्दा खत्रीले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिकाले सबैलाई बोलाएर राय संकलन गरेको बिषयमा फदायी हुने बताउदै महिला अधिकारकर्मी खत्रीले दोधारा चाँदनी नगरपालिकाका मेयर, उपमेयर लगाएत जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् । निती र कार्यक्रम बनाउदा समेट्न नसकिएको बिषयहरु सर्वपक्षिय भेला पलदायी हुने उनको भनाई रहेको छ् ।


ताजा समाचार

spot_img