दोधारा । दोधारा चाँदनी नगरपालिका रेशम बादीको अतिक्रमित भनिएको जग्गाको दोधारा चाँदनी नगरपालिकाले एक छानबिन टोली गठन गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ३ वडाध्यक्ष हरिसिंह धनाडीको संयोजकत्वमा ५ सदस्यीय जग्गा छानबिन टोली गठन गरिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले जनाएका छन् । यस्तै छानबिन टोलीमा दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष पदम सिंह रावल, भक्त बहादुर सुनार, केशव खत्री र ज्ञानेन्द्र बहेक क्षेत्री रहेको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

एक साता भित्र दोधारा चाँदनी नगरपालिका– ३ बडुवालमा रेशम बादीको अतिक्रमित जग्गाको छानबिन गरि वास्तविक सत्य तथ्य पत्ता लगाउन टोली गठन गरेका छ् । टोलीले सात दिन भित्र छानबिन गरि दोधारा चाँदनी नगरपालिका नगरकार्यपालिकालाई प्रतिबेदन बुझाउने निर्णय गरिएको वडाध्यक्ष भक्त बहादुर सुनारले बताएका छन् ।

तत्कालिन माओबादी र नेपाल सरकारको बिच भएको द्धन्द्धको बेला ५ बादी घरपरिवारहरु आफु सुरक्षित नभएको भन्दै आफ्नो जग्गा र घर छोडेर जहान परिवार संग भारत पलाएन भएका थिए । सरकारले सुकुम्वासी र घरवार बिहिनहरुलाई जग्गा दिने ंघोषणा गरे संगै उनिहरु फर्केर आफ्नो जग्गा खोज्दै बडवाल टोल पुगेका हुन् । गएको स्थानिय सरकारले बिरभाने बादी, कर्णे बादी र मृतक रंगलाल बादीको अतिक्रमित जग्गा बादी घरपरिवारलाई फिर्ता गरेको थियो भने, रेशम बादीको अतिक्रमण भनिएको जग्गा फिर्ता गर्न सकेको थिएन् ।

रेशम बादीले बारम्बार दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधीहरुलाई आफ्नो अतिक्रमण गरिएको जग्गा फिर्ता गर्न माँग राख्दै आएका थए । रेशम बादीले आफ्नो १५ कट्टा जग्गा अतिक्रमित भएको दाबी गर्दै आएका छन् ।






