
दोधारा । मध्यरातमा खोरमा आएर बाघले बाख्रा खान थालेपछि दोधारा चाँदनी– ५ का किसानहरु चिन्तित बनेका छन । रातीको समयमा कुकुर जस्तो उचाई भएको निङाली बाघले मध्यरातमा आएर खोरबाट बाख्रा खान थालेपछि दोधारा चाँदनी– ५ का किसानहरु त्रसित भएका छन् । गएराती दोधारा चाँदनी– ५ का तेज बहादुर खत्री र कलावती देबी ढकालको खोरमा बाँधी राखेका २ वटा बाख्रा माथी आक्रमण गरेर मारेपछि उनिहरुमा त्रास छाएको छ् ।

मध्यरातमा खोरबाटै बाख्रा माथी बाघले आक्रमण गरेको बेला बाख्रा छुटाउन जाँदा बाघले आफु माथी आक्रमण गर्न लागेको कलावती देबी ढकालले बताएका छन् । बस्तीमा बाघले बाख्रा खान थालेपछि स्थानियहरुमा आक्रमण गर्ने चिन्ताले सताएको उनले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले बस्ती नजिक रहेको मलेरिया नालामा दिउसोको समयमा झाँडीमा बाघ लुक्ने र रातीको समयमा स्थानियहरुको बाख्रा खान पल्केको बताएका छन् । बाघको त्रास बढ्दै गएपछि स्थानियहरुले नियन्त्रणको लागि पहल गरिदिन सम्बन्धित निकायसंग अनुरोध गरेका छन ।







