पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका भुवन औजीको उपचारका लागी दोधारा चाँदनी नगरपालिका वडाध्यक्ष केशव खत्रीले रु. दश हजार सहयोग गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ कमलशा टोलका भुवन औजीको उपचारको लागी दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री आफ्नो ब्यक्तीरुपमा रु. दश हजार रकम हस्तान्तरण गरेका छन् । भुवन औजीको ब्रेन ट्युमर र प्याङक्रीयामा समस्याका कारण उनि झण्डै २ वर्ष देखि समस्यामा परेका छन् । उनको उपचार भारतको खटिमा शहर स्थित एक निजी अस्पतालमा उपचार भईरहेको छ् ।
आर्थिक अवस्था दैनिय रहेको भुवनको उपचारको लागी सर्वस्व सकिएपछि उनको उपचारको लागी सहयोग संकलन अघि बढाईएको दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा सदस्य पुजाराले बताएका छन् । वडाध्यक्ष केशव खत्री आज अबेर साँझ भुवनको घरमा पुगेर भुवनका धर्मपत्नी यसोदा औजीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्री, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्ट, दोधारा चाँदनी नगरपालिका– २ का वडा सदस्य मनकला खनाल पुजारा, पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीका अध्यक्ष बिरेन्द्र औजी, दोधारा चाँदनी– ५ वडा कार्यालयका सामाजिक परिचालक दिपेन्द्र ढकाल तथा पिडित भुवन औजीका धर्मपत्नी यसोदा औजी लगाएत स्थानियहरुको सहभागिता रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा भिनपा– ११ का भैरवराज भट्टले समेत भुवनको उपचारको लागी रु. एक हजार सहयोग गरेका छन् । दोधारा चाँदनी– ५ का वडाध्यक्ष केशव खत्रीले भुवनको स्वास्थ्य कामना गर्दै आगामी दिनहरुमा सहयोगको खाँचो परे निर्धक्क भएर आफुलाई खबर गर्न आग्रह गरेका छन् । वडाध्यक्ष खत्रीले आफुले पाउदै आएको सरकारी सेवा सुबिद्याबाट दिनदुखीहरुलाई सहयोग गर्दै आएका छन् । पिडामा रहेका गरिब तथा बिपन्न परिवारलाई आफ्नो खल्तीको रकमबाट सहयोग गर्दै आएको भन्दै नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्टले वडाध्यक्ष खत्रीको खुलेरै प्रशंसा गरेका थिए । यस्तै भुवनको उपचारको लागी वडा सदस्य मनकला खनाल पुजारा तथा पंचकोटी सिलाई व्यवसायी समिति दोधारा चाँदनीले भुवन औजी बचाऔं अभियना संचालन गरि सहयोग रकम संकलन गर्दै आएका छन् ।
‘आर्थिक अवस्था निकै दैनिय रहेका भुवन औजीको उपचारको लागी हामीले आर्थिक सहयोग संकलन गरेका छौं’ वडा सदस्य मनकला खनाल पुजाराले भने । आर्थिक अवस्था दैनिय रहेको पारिवारिक पृष्ठभुमी भएका भुवन औजीको परिवारले उपचार खर्च धान्न नसक्ने हुदा उपचार खर्च जुटाउनको लागी आर्थिक संकलन अभियान सुरु गरिएको उनिहरुले बताएका छन् ।
उपचार खर्चका लागी धेरै पैसा लाग्ने देखिएकोले आफनै दाजु, भाई सम्झेर सहयोग गरिदिनहुन अनुरोध गरिएको छ् । सहयोगका लागी सनराईज बैंक लि. को खाता नं. १४०१००३४८०२०२००१ अथवा मोवाईल ९८६१०४९८०१ सम्पर्क गरिदिन सामाजिक संञ्जाल मार्फत अनुरोध गरिएको छ् ।