रास्वपाका नेताहरुद्वारा निर्माणाधिन मझगाँउ विमानस्थलको अनुगमन

कञ्चनपुर : राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिमका नेताहरुले निर्माणाधिन मझगाँउ विमानस्थलको स्थलगत अनुगमन गरेका छन । शुक्रबार रास्वपा नेताहरुले भीमदत्त नगरपालिका १६मझगाँउमा निर्माणाधिन विमाथस्लको अनुगमन गरेका हुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज ज्ञानेन्द्र सिह महता नेतृत्वमा अनुगमन गरिएको हो ।
केन्द्रीय सदस्य विजय जैरू,जिल्ला संयोजक पदम विष्ट,प्रदेश सदस्य चन्द्रा ऐर, नगर सभापति अम्बादत्त जोशि,कोषाध्यक्ष यज्ञराज जोशी लगायत विमानस्थल पुनः सञ्चालन समितिका संयोजक पुर्व वन अधिकृत रमेश बहादुर चन्द,सचिव राजेन्द्र चन्द लगायतले जानकारी लिएका छन । बर्षौ देखि बन्द बिमानस्थल निर्माणको काममा कसैले पनि बाधा गर्न नहुने तथा काम समयमै सम्पन्न गर्न आयोजनाका पदाधिकारीलाई अनुरोध समेत गरिएको छ । बर्षौ देखि सरकारले अलपत्र पारेका गौरवका आयोजनातर्फ समेत पाटीको ध्यान केन्द्रित रास्वपाका नेताहरुले बताएका छन ।

ताजा समाचार

This will close in 10 seconds