‘स्ववियुको जन्म, समिक्षा, परिपाटी र आन्दोलनकारीको सपना’

हाम्रा अभिभावकहरुको रगत पसिनाले बनेका क्याम्पस र विद्यालयहरुको सम्पत्ति मुठ्ठीभरका शाषक र क्याम्पस विद्यालय प्रशासनको मिलोमतोमा दुरुपयोग भइरहेको छ।त्यसैले नेपालको माटो परिबेश अनुसार सुहाउँदो सिर्जनशील,आत्मनिर्भर, उद्यमशील, बैज्ञानिक, ब्याबसायिक, प्राबिधिक शिक्षामा जोड दिदै शिक्षा क्षेत्रमा भइरहेको निजीकरण, ब्यापारीकरण, माफियाकरणका विरुद्धमा संघर्ष गर्नु हरेक शिक्षा संग सरोकार राख्ने ब्यक्तित्वहरु, विद्यार्थी र विद्यार्थी संगठनहरुको आबश्यकता बन्न पुगेको छ।

बर्तमान परिपाटी
यतिबेला राज्य र बिश्वविद्यालयहरुको स्ववियु निर्वाचन गराउने भित्री चाहना त पक्कै पनि होइन तैपनि क्रान्तिकारी विद्यार्थी संगठनहरुको दबाबमा बाध्य भएर विद्यार्थीहरुलाइ जिस्काउने नाटक मन्चन मात्रै गरिरहेको छ। यदि स्ववियु निर्वाचन भइहाल्यो भनेनि संसदीय निर्वाचन जस्तै दुरुस्तै हुन्छ त्यो भन्दा फरक हुनेवाला छैन। वास्तविक र नियमित विद्यार्थीहरु र क्रान्तिकारी विद्यार्थी संगठनलाई ओझेलमा पारेर संसदीय चुनाव झै विद्यार्थीहरुलाई पैसाको प्रलोभनमा पारी भर्ना गरि दिन्छौ, माशिक शुल्क मिलाइ दिन्छौ, परिक्षामा सघाइ दिन्छौ, रुम भाडा मिलाइ दिन्छौ जस्ता भ्रम सिर्जना गर्छन् त्यो नभए विद्यार्थी र क्याम्पस प्रशासनलाई शक्ति र सत्ताको धम्की देखाउदै दादागिरी शैलीमा स्ववियु भाड्ने र लड्ने जस्ता हर्कत देखाउछन जसको कारण स्वच्छ र खुला प्रतिस्पर्धाबाट पुर्ण समानुपातिक स्ववियु निर्वाचन हुन असम्भव छ। यदि यसरी स्ववियु निर्वाचन भइ हाल्यो भनेनी यसको औचित्य नै हुँदैन। स्ववियुलाई कार्यतालिका बमोजिम कार्यान्वयन गराउन,स्वच्छ, खुल्ला, स्वतन्त्र, भयरहित, गुण्डागर्दी रहित, दादागिरी रहित बाताबरणमा निर्वाचन गराउन हामी हरेक विद्यार्थीहरु एकजुट हुन जरुरी छ।

क्रान्तिकारीको सपना:
समय अनुकूल स्ववियु निर्वाचन नहुँदा विद्यार्थी जिबनमै शिक्षा क्षेत्र र विद्यार्थीहरुका लागि केही गर्छु भन्ने सपना बोकेका अनि विद्यार्थी आन्दोलनमै जेलनेल र हिरासतका पीडा भोगेका विद्यार्थीहरुको यतिबेला उमेर हदबन्दीले स्ववियु लड्न नपाएकोमा एकातिर सपना मरेको छ भने अर्को तिर ढिलै भएनी स्ववियु निर्वाचनले निरन्तरता पाई राखोस भन्ने अपेक्षा गरेको छ। विद्यार्थी आन्दोलनमा सहभागी हरेक पुस्ताको चाहना राणा शासनको अन्त्य,पन्चायत शासनको अन्त्य, राजतन्त्रको अन्त्य जनवादी तथा समाजवादी ब्यबस्थाको स्थापना, नयाँ संबिधान, समाबेशी प्रतिनिधित्व, पुर्ण समानुपातिक निर्वाचन प्रणाली लगायत शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको मौलिक अधिकार सुनिश्चित भएको हेर्ने आदि थियो। यी सबै क्षेत्रमा आमूल परिवर्तनका नया क्षितिजहरु देखापर्ने छन् भन्ने सपनाहरू हरेक आन्दोलनकारीको मन मस्तिष्कमा भएपनि पछिल्लो चरणको महान जनयुद्ध सम्म पुग्दा राजतन्त्रको अन्त्य त भयो, केही हदसम्म बोल्न नसक्ने, पीडित उत्पीडित महिला, किसान, दलित, आदिवासी, जनजातिहरुले राहत पाएपनी पुर्ण अधिकार अझै पाउन सकेका छैनन्। नेपालको राजनैतिक आन्दोलनमा विद्यार्थीहरुको त्याग, बलिदान र संघर्षले सत्ता र शक्ति(दल)हरु स्थापित भएपनि विद्यार्थी आन्दोलनका महान सहिद तथा बेपत्ता पारिएका योद्धाहरुले देखाएको बाटोमा निरन्तर संघर्ष गर्नु र शिक्षा क्षेत्रमा आमूल रुपान्तरण ल्याउनु परिवर्तनकारी आम युबा विद्यार्थीहरुको भुमिका हो। हामीले इतिहासलाई फर्केर हेर्‍यौ भने धेरै गुमाएका र थोरै उपलब्धि प्राप्त गरेका छौ। प्राप्त उपलब्धिको रक्षा गर्दै आजको बिज्ञानको युगमा बैज्ञानिक समाजवादी ब्यबस्थाबाट मात्रै बैज्ञानिक समाजवादी शिक्षा प्राप्त हुने भएकोले सबै आ–आफ्नो क्षेत्रबाट आन्दोलनको आगो सल्काउने आबश्यकता बन्न पुगेको छ।

✍️ सुरेन्द्र धानुक
अखिल (क्रान्तिकारी) केन्द्रिय सचिवालय सदस्य
तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज
निकट– नेकपा (बहुमत)

ताजा समाचार