झलारीमा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न, ५० हजारले गरे अवलोकन

झलारी: शुक्लाफाँटा नगरपालिकाको खुल्ला मञ्चमा आयोजित महाशिवरात्री विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय व्यापार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सञ्चालित सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएको हो। सांस्कृतिक कार्यक्रमको उद्घाटन फागुन ६ गते भएको थियो। समापन कार्यक्रममा ज्योति मगर, एलबी चन्द र मोडेल मनिसा सिंहलगायतका स्थानीय कलाकारको सहभागिता थिए।

नेपाल राष्ट्रिय व्यापार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज पनेरुले कला सांस्कृतिको संरक्षण तथा व्यापार प्रवद्र्धनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताए। ‘यो सांस्कृतिक कार्यक्रमले कला, संस्कृति र व्यापारको प्रवद्र्धन भएको छ,’ उनले भने, ‘अगामी दिनमा पनि कला, संस्कृति र व्यापार प्रवद्र्धनका लागि यस्ता कार्यक्रम गर्दै जानेछौं।’ नेपाल राष्ट्रिय व्यापार महासंघका केन्द्रीय सदस्य दिपकराज भट्टले सांस्कृतिक कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैमा धन्यावाद दिए। ‘यहाँको व्यापार प्रवद्र्धन र कला सांस्कृतिको संरक्षणका लागि सांस्कृतिक कार्यक्रम गरेका हौं,’ उनले भने, ‘यो सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैमा धन्यावाद दिन्छु, अगामि दिनमा पनि यस्ता कार्यक्रम गर्नेछौं।’ सांस्कृतिक कार्यक्रमको करिब ५० हजार जनाले अवलोकन गरेको उनले बताए। उनका अनुसार सांस्कृतिक कार्यक्रममा २५ लाख बराबरको कारोबार भएको छ।

सांस्कृतिक कार्यक्रमको समापनमा सशस्त्र प्रहरीका एसपी प्रेम रावल, शुक्लाफाँटा–३ का वडा अध्यक्ष नरेन्द्रबहादुर चौधरी, इलका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंह, विभिन्न पार्टीका प्रतिनिधिलगायतको सहभागिता थियो।

ताजा समाचार

This will close in 10 seconds