कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाले कित्ता अनुसार जमिनको बर्गिकरण गरेको छ । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले जमिनको कित्ता अनुसार जमिनको बर्गिकरण गरेको हो ।
भीमदत्त नगरपालिका प्रवक्ता महेन्द्र सिह खडकाले हरेक जमिनको साविक कित्ता अनुरुप जमिनको बर्गिकरण गरिएको बताए । प्रवक्ता खडका अनुसार १९ वटै वडामा रहेको व्यक्तिगत तथा सार्वजनिक जमिनको कित्ता अनुरुप बर्गिकरण गरिएको छ । ‘९६ हजार १५२ कित्ता अनुरुप हामीले भू–उपयोग ऐन ०७६ तथा भू–उपभोग नियमावली ०७९ को मापदण्ड तथा आधारमा जमिनको बर्गिकरण गरेका छौँ, ‘प्रवक्ता खडकाले भने, ‘सम्भवत यो त देशैभरीमा हरेक कित्ता अनुरुप जमिन बर्गिकरण गरेका छौँ ।’ १३ बुँदे मापदण्ड अनुरुप भीमदत्त नगरको जमिन बर्गिकरण गरिएको छ ।
साविक कित्ता अनुरुप भीमदत्त नगरमा कृषि ४.२, व्यवसायिक २.४,साँस्कृतिक ०.०८, जंगल ०.९, तालतलैया ०.७, औद्योगिक ०.०४, खनिज ०.०१, आवास ६१.२१, सार्वजनिक २९.३६ र अन्य ०.०९ रहेको छ ।
साविक महेन्द्रनगर नगर विकास समिति एव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको चर्चेको जमिन र जोखिम क्षेत्रलाई अथावत राख्ने गरी अन्य जमिन भू–उपभोग ऐन र नियमावली अनुरुप बर्गिकरण गरिएको प्रवक्ता खडकाले बताए । ‘हाल उपभोगमा रहेको जग्गालाई नयाँ मापदण्डमा उल्लेख भए बाहेक सोही क्षेत्रमा बर्गिकरण गरेका छौँ, ‘प्रवक्ता खडकाले भने, नगर प्रमुख पदम बोगटीको अध्यक्षमा रहेको स्थानीय भू–उपयोग परिष्दबाट समेत पारित गरिरहेका छौँ ।’ जमिन बर्गिकरणलाई स्गानीय भूउपयोग परिष्दबाट १० माघ ०७९ मा परिष्दबाट पारित गरेर १२ माघमा प्रमाणित गरिएको प्रवक्ता खडकाले बताए । भीमदत्त नगरपालिकाको जमिन किर्ताकाड गर्नका लागि नापी मालपोत कार्यालयमा समेत हार्डकपि सहित जानकारी गराईरहेको प्रवक्ता खडकाले बताए । भीमदत्त नगरपालिका स्थानीय सरकारले जमिन बर्गिकरण गरेसंगै सात महिनादेखि रोकिएको जमिन कित्ताकाट कामकाज शुचारु हुनेछ । ‘अब विगतको जस्तो मापदण्ड विपरित जमिन कित्ताकार्ड हुँदैन, ‘प्रवक्ता खडकाले भने, ‘अब पुरै मापदण्ड अनुरुप कामकाज अघि बढाउनुपर्छ ।’ भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीले स्थानीय तहले भूपयोग ऐन नियमावली अनुरुप जमिनको बर्गिकरण गरेर नापी मालपोत सहितका सम्बद्ध निकायलाई पठाएसंगै अब सेवाग्राहीलाई विगतको जस्तो झन्झट नहुने बताए ।
भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले विगतमा कृषियोग्य भूमिको अनाधिकृत रुपमा भईरहेको खण्डिकरण गर्ने बताए । ‘संघीय सरकारले ल्याएको भूउपयोग ऐन, नियमावली अनुरुप अब स्थानीय तहमा समेत कृषियोग्य भूमिको संरक्षण हुन्छ, ‘उनले भने, ‘जमिन दलाल, विचौलिया समुहबाट कृषिभूमि संरक्षित हुन्छ ।’
ऐन र नियमावली कार्यान्वयनका लागि सम्बनधीत कार्यालय कामकाज अघि बढाउनुपर्नेमा प्रमुख प्रशासकिय अधिकृत गौलीले जोडदिए । विगतमा कृषियोग्य भूमिलाई प्लटिङ्ग गरेर आवासी, औद्योगिकरण जस्ता गतिबिधी अब गर्नबाट रोक लगाईरहेको उनले बताए । भीमदत्त नगरपालिकाले जमिन बर्गिकरण गरेर नापी, मालपोत कार्यालयलाई पत्राचार गरेसंगै महिनौँदेखि रोकिएको कित्ताकार्डको कारोबार हुनेछ । भीमदत्त नगरपालिकाले जमिन बर्गिकरण गरेसंगै नापी मालपोत कार्यालय कामकाज अघि बढाउने जनाएको छ ।
