वडाध्यक्ष विष्टद्वारा झर्नाखोला कटानी क्षेत्रमा अनुगमन केशव थापा

कञ्चनपुर : कञ्चनपुरको दक्षिण क्षेत्रमा रहेको झर्नाखोला कटानी क्षेत्रको बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले अनुगमन गरेका छन । गत बर्षातमा खोलाले गरेको कटानी प्रभावित क्षेत्रमा बेलडाँडी १का वडाध्यक्ष विष्टले शुक्रबा बिहान अनुगमन गरेका हुन । बेलडाँडी गाँउपालिका १ झर्नासागर अपिटोल स्थित बीर सिह विष्टको जमिन खोलाले कटानी शुरु गरेको स्थानमा वडाध्यक्ष पुगेर अनुगमन गरेका छन ।

खोलाले बीर सिह विष्टको जमिन कटानी गरेसंगै पुर्वतिर रहेको लालसिह विष्ट, सरस्वती माविको खेलमैदान, कुँवेर राना, दिनेश राना, रुपसिह थापा,कल्याण सिह विष्ट, रमेश कुँवर, हरिस ऐरी, गोपाल ऐरी, प्रवेस राना, गुड्डु राना सहितका दर्जनौँ स्थानीयको जमिन कटानीको उच्च जोखिममा रहेको छ । वडाध्यक्ष विष्टले खोलाको अनुगमन गर्दै वडाबाट सक्ने सहयोगगर्ने बताए ।

‘म झर्नाखोला कटानी नियन्त्रण गर्न वडाबाट सक्दो पहल गर्छु, ‘उनले भने, ‘बाँकी ठुलो योजना अघि बढाउँछौँ ।’ चुरे हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बेलडाँडी १ र बेलौरी ९ भएर बग्ने झर्नाखोला कटानीको उच्च जोखिममा रहेको छ । हरेक बर्ष झर्नाखोलले उर्बराभूमि कटानी गर्दै आएको छ । समयमै नियन्त्रण नभए बेलडाँडी १ र बेलौरी९को उर्बराभूमि ठुलो भौतिक संरचनामा क्षति हुनेछ ।

ताजा समाचार