६ दशकपछि ईमलिया चौधर नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाँउपालिका ५ ईमलिया मानव बस्ती बसेको झण्डै ६ दशकजति भयो । ईमलिया गाँउमा अधिकाँस राना थारुको बस्ती रहेको छ । ०१६ सालदेखि ईमलिया गाँउमा मानिस बसेको ईतिहास छ ।
शुक्क्लाफाँटा राष्ट्रिय निकुञ्ज दक्षिण क्षेत्रसंगै जोडिएको ईमलिया बस्तीका जेष्ठ नागरिकका अनुसार झण्डै ६ दशकदेखि उक्त गाँउमा मानव बस्दै आएको छ । ईमलियाका गाँउका स्थानीयको जमिन नदीवारी र पारी छ । नदीमा पुल नहुँदा अधिकाँसले वारी नै घर लगाएर बसेका छन । चुरे भएर दक्षिण बग्ने चौधर नदीमा पक्की पुल नहुँदा ईमलिया गाँउका स्थानीय ६दशकदे िखजोखिमपूर्ण यात्रा गर्न बाध्य भएका थिए । ज्यान हत्केलामा राखेर यात्रा गर्न विवश भएका ईमलियाबासीका लागि सुदूरपश्चिम प्रदेश सरकारले खुसीको योजना अघि सारेको छ । बेलडाँडी गाँउपालिका ५ ईमलिया स्थित चौधर नदीमा पक्की पुल निर्माण हुने भएको छ ।

लामो समयपछि गाँउमा पक्की पुल निर्माण हुने भएपछि स्थानीय हर्षित भएका छन । स्थानीय सुरेन्द्र रानाले ०२४ सालमा नदी निकुञ्जको विच जंगल भएर बग्ने गरेको बताए । ‘उतिबेला नदी विच जंगल भएर बग्थ्यो, ‘उनले भने, ‘०३६ सालदेखि विच गाँउ भएर बग्नथाल्यो, नदीमा पुल नहुँदा सबै वारी नै बस्दै आएका छौँ ।’ पुल नहुँदा स्थानीयले खेतबारी समेत वेवारिसे छाड्नुपर्ने बाध्यता छ । ०५१ सालदेखि नदी गाँउकै छेउ भएर बगिरहेको नदी र गाँउको सतह बराबरी हुँदा ईमलिया गाँउ विपद्को उच्च जोखिममा पर्दै आएको छ । उक्त गाँउका स्थानीय समेत रहेका बेलडाँडी गाँउपालिका अध्यक्ष हरिशचन्द्र रानाले पुल नहुँदा स्थानीयलाई दैनिक कृषिकार्यदेखि अन्य कामकाज गर्न समस्या खेप्नु परेको बताए । ‘चौधर नदीमा पुल नहुँदा बाह्रै महिना स्थानीयलाई जोखिम पोलेर आवत जावत गर्नुपर्ने बाध्यता थियो, ‘उनले भने, ‘कतिपयले त ज्यान समेत गुमाईसकेका छन ।’ मुलुक जहानिया राणा शासन, पञ्चायती, बहुदलदेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा ईमलियाका जनताले पुल पाउने भएका छन । सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत चालु आर्थिक बर्ष २०७९/०८० मा पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत चौधरी नदी सहित अन्य दर्जनौँ नदीहरुमा पुल निर्माण गरिरहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टले ठेक्का सम्झौता भईसकेका ३ पुलका योजना कार्यान्वयनका लागि एकै दिन शिलान्यास गरिएको बताए ।

सुचना अधिकारी भट्टका अनुसार चौधर नदी सहित बेलडाँडी ३ बेलौरी ९ जोड्ने कमरी नाला र पुनर्वास १० कमैया नालामा पुल निर्माण हुने बताए । चौधर नदीमा पुल निर्माणका लागि मित्र विल्र्डस प्रालिसंग १२ करोड, ६६लाख, १४ हजार लागतमा । ३ स्पान सहित १ सयमिटरको पुल निर्माण हुनेछ । पुनर्वास नगरपालिका १० लमैया नालामा पक्की पुल निर्माणका लागि वाईआर हटैराज जेभी कम्पनीले ३ करोड, ३३ लाख, ७९ हजार लागतमा आगामी असार ०८१सम्म पुल निर्माण गरिसक्नुपर्ने छ । बेलौरी नगरपालिका ९ रतनपुर र बेलडाँडी गाँउपालिका ३ खैरिघाट जोड्ने कमलरीकिचाई नालामा पक्की पुल निर्माणका लागि स्वाँर कस्क्ट्रक्सन प्रालिले ५ करोड, २६ लाख, ३१ हजार लागतमा ठेक्का लिएको छ । आगामी असार मसान्त ०८१ मा पुल निर्माण गरिसक्नुपर्नेछ । पुल निर्माण भएसंगै दुवै पालिका स्थानीय सहित विद्यार्थीलाई सहज हुने बेलौरी नगरपालिका नगरपालिका १० का निर्वतमान अध्यक्ष शमसेर सिह पेलाले बताए । पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले समेत समयमै पुल निर्माण गर्ने प्रतिबद्धता जोहर गरेका छन । प्रदेश सरकारबाट दक्षिणी क्षेत्रमा थुप्रै योजना संचालित हुने भएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले प्रंदेश सरकारले आवश्यकताका आधारमा योजना छनौट गरेको भन्दै समयमै काम गर्नुपर्नेमा जोडदिएका छन ।

ताजा समाचार

This will close in 10 seconds