‘विदेश पठाउने हो भने, मेन पावर खोले भै हाल्यो नि, राजनीतिमा किन आउन परेको त’ उम्मेदवार बिष्ट


दोधारा चाँदनी । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका एमाले उम्मेदवार सुरेन्द्र विष्टले चुनावमा युवालाई विदेश पठाउने प्रलोभन दिएको भन्दै असन्तुष्टि पोखेका छन् । दोधारा चाँदनी नगरपालिकामा गरिएको कार्यक्रममा उनले युवालाई विदेश नपठाएर स्वदेशमा रोजगारी अवसर सिर्जना गरिनु पर्नेमा जोड दिए । ‘अहिल केही मान्छेहरु आउदैछन, तपाईहरुलाई विदेश पठाउने भन्दै छन, नेताले विदेश पठाउने होइन, जनप्रतिनिधले विदेश पठाउनु कुरा गर्ने होइन, सेवा गर्ने हो, जप्रतिनिधले मुलुक बनाउने दृष्टिकोण अघि सार्ने हो’ उनले भने, ‘हामी सित प्राकृतिक स्रोत र साधन छ, हामीले काम गर्न सक्छौ श्रम शक्ति, छ इमान्दार छौ, पसिना बगाउन सक्छौ, भीमदत्त र दोधारा चाँदनीका नगरवासी बगाउन सक्छौ, त्यसका लागि राज्यले पर्याप्त मात्रामा सही प्रकारका वातावरण बनाउन जरुरी छ, त्यो नबनाईकन के भन्छन् भने विदेश पठाई दिन्छु ।

विदेश पठाउनुका लागि मेन पावर खोले भै हाल्यो, किन राजनीतिमा आउनु परेको । नेता हुन त राष्ट्र निर्माणमा योगदान दिनु पर्‍यो, समृद्धिको योजना बनाउनु, विद्युतीकरण, उज्यालो दोधारा चाादनी बनाउनु पर्‍यो ।’ युवालाई विदेश नपठाएर विश्वका धेरै देशले २५ वर्षमा विकास गरेको र बालुवाको मरुभूमिमा समृद्धि ल्याएको उल्लेख गर्दै उनले स्वदेशमा रोजागरी अवसर दिन सकिने योजना सहित चुनावी मैदानमा आएको बताए । ‘आज नैतिताल, रुद्रपुर गयौ भने हामी देख्न सक्छौ, १० वर्ष अघि के थियो कस्तो थियो, कसरी भयो, त्यो सम्भव रहेछ, यही रोजागरीका अवसर दिन सकिन्छ’ उनले भने, त्यस कारण हामी के भन्दैछौ भने सुख्खा बन्दरगाह बनाउाछौ, केबल त्यो मात्रै नभनी एकीकृत जाँच चौकी सुख्खाका कुरा गरि रहेका छौ, त्योसंगै औद्योगिक कोरिडोर बनाउने कुरा गरि रहेका छौ’ उनले भने, ‘महाकाली नदीमा पक्की पुल मात्रै होइन, तलाउन मात्रै होइन, नौका विहार गर्ने र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई झोलुङ्गे पुल सम्म जोडेर पर्यटन ल्याउने कुरा गरि रहेका छौ, त्यसबाट समृद्धि ल्याउने कुरा गरि रहेका छौ ।’


ताजा समाचार

spot_img