दोधारा । कञ्चनपुरको दोधराचाादनी–७ स्थित एक दुर्गम बस्तीको रामपुरे बस्ती । जहाँ सडक पुर्वाधारको अभाव संगै जगबुडा नदी कटानीको समस्या छ् । बुधबार नेकपा एमालेका उम्मेदवार मत माग्न जादाँ स्थानीयले आफ्ना समस्या उम्मेदवारलाई सुनाए । स्थानीय कमला देवी थापा मगरले बस्तीमा जोगबुडा नदी कटान नियन्त्रण, सडक कालोपत्रे, सिचाईका लागि माँग गरिन् । स्थानीयका समस्या समाधानका लागि एमाले उम्मेदवार सुरेन्द्र विष्टले रामपुरे बस्तीमा ५ प्रतिवद्धता जनाए ।

उनले बस्तीको सडक कालोपत्रे, कटान नियन्त्रणका लागि तटबन्धन, जोगबुडा नदीबाट लिफ्टीङ सिचाईको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै जोगबुडा नदीमा पुल निर्माण संगै जनजाती सामुदायको बाहुल्यता रहेको उक्त बस्तीमा पर्यटन प्रवन्र्धनका लागि होमस्टे समेत सञ्चालनका लागि सहयोग गर्ने एमाले उम्मेदवार विष्टले प्रतिवद्धता जनाएका छन् । स्थानीयले आफुले निर्वाचनमा एमालेलाई सहयोग गर्ने पनि प्रतिवद्धता जनाका छन् । एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा जोगबुढा नदीमा तटबन्धन सुरु गरिको छ भने पुल निर्माणका लागि डिपिआर बनाईएको वडाध्यक्ष ज्ञानेन्द्र बहेकले बताए ।







