‘संसद पुगेपछि जनताको समस्या हामी बिर्सिदैनौ’ : एमाले उम्मेदवार पाल


दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार निरुदेवी पालले आफु सधैं जनता संगै रहने प्रतिवद्धता जनाउदै अरु जस्तो निर्वाचनमा बिजय भए संगै जनताको समस्या नबिर्सने बताएका छन् । दोधारा चाँदनी नगरपािलका वडा नं. ७ कञ्चनभोजमा आयोजित चुनावी भेटघाट कार्यक्रममा एमालेका तर्फ देखि प्रतिनिधी सभाका उम्मेदवार निरुपाललले स्थानिय समस्याको बारेमा जानकार रहेको बताउदै आफु सधैं जनता संगै रहने प्रतिवद्धता जनाउदै अरु जस्तो निर्वाचनमा बिजय भए संगै जनताको समस्या नबिर्सने बताएका छन् ।

‘म यहाँका समस्या संग परिचित छु, जनताको समस्या मेरा समस्या हुन् ।’ उम्मेदवार पालले भनिन् ‘यहाँहरुले निर्वाचित गराएर सदनमा पठाउनु भयो तपाईका समस्याहरु बिर्सिने छैन् ।’ सामानुपाति सांसदको रुपमा ठुला विकास निर्माणका कामहरु अघि बढाएको बताउदै उम्मेदवार पालले सामाजिक आर्थिक विकासलाई थप काम गर्ने प्रतिवद्धता जनाईन् । त्यस्तै दोधारा चाँदनीको महाकाली र जोगबुढा नदीमा पक्की तटबन्ध र पुल निर्माण संगै सडक पुर्वाधार निर्माण तथा विद्युतीकरणमा जोड दिईने उनले बताए । त्यस्तै मझगाँउ विमानस्थल पुन: सञ्चालनन, दोधारा चाँदनी सुख्खा बन्दरगाह, महाकाली करिडोर निर्माण लगाएतका चुनावी एजेण्डा उम्मेदवार पालले अगाडी बढाएकी छिन् । आफुलाई विकासवादी नेता भन्नेहरुले पार्टीमा एक्लै राजिई गर्दै आएको उनको आरोप छ् ।

महाकाली पक्की पुल लगाएत दोधारा चाँदनी नगरपालिकामा निमार्ण भएको सबै भौतिक निमार्णहरु आफै गरेको भन्दै जनतामा भ्रम श्रजना गर्दै भोट फकाउन हिड्ने झुटो विकासवादी नेताहरुलाई अब आउदो मंसिर ४ गतेको निर्वाचनमा छर्लङ्ग हुने उम्मेदवार निरुपालले बताईन् । एमाले श्रमजिवीको पार्टी भएको हुदा दोधारा चाँदनी नगरपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक निमार्ण लगायतमा एमालेले ठुलो पहल रहेको उनको भनाई छ । स्वास्थ्य, शिक्षा, भौतिक निमार्णमा एमालेले दोधारा चाँदनी नगरपालिकाका गरेको उल्लेख गर्दै उनले मंसिर ४ गते देशमा एमालेको सरकार आएपछि नयाँ नेपाल निर्माण संगै समृद्ध नेपाल निमार्ण हुनेमा जनता ढुक्क हुन समेत आग्रह गरेकी छन् ।

कार्यक्रममा एमालेका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट लगाएत नेकपा एमालेका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । स्थानिय मतदाताहरुले एमालेको उम्मेदवारहरुलाई बहुमतले बिजय बनाउन प्रतिबद्धता समेत जाहेर गरेका छन् । भेटघाटमा एमालेका उम्मेदवारहरुलाई स्थानिय मतदाताहरुले फुलमालाले स्वागत गर्दै बिजयको आशिष समेत दिएका थिए ।

 


ताजा समाचार

spot_img