जगबुडामा पक्की र तटबन्ध निर्माण गर्ने एमाले उम्मेदवार बिष्टको प्रतिवद्धता


दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) का उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीको जोगबुडामा पक्की पुल निर्माण गरिने बताएको छन् । नेकपा एमाले तर्फका उम्मेदवार रहेका बिष्टले दोधारा चाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन् । नेकपा एमाले नेतृत्वको सरकारको समय डिपिआर तयार भएकोले चाँडै जोगबुडा नदीमा पक्की पुल निर्माण कार्यलाई निरन्तरता दिने उनको भनाई छ् ।

त्यस्तै जोगबुडामा पक्की तटबन्ध निर्माण गरिने पनि उनले बताए । ‘अहिले यहाा माँझ आउदा झुलुङ्गे पुलबाट आएको छु ।’ उनले भने ‘तपाईहरुले यस क्षेत्रबाट जिताएर पठाउनु भयो भने अर्का पटक पक्की बनाएर फर्किने छु ।’ भीमदत्त नगरपालिकाका निवर्तमान मेयर समेत रहेका विष्टले खैरभट्टी कुतियाकवर विकास मोडेलको रुपमा अघि बढाएका छन् । उनले सीमा समस्या समाधान पुर्वाबार विकास र पर्यटनको व्यवसायिकरण योजना बनाएका छन् ।

नेकपा एमाले राष्ट्रवादी भएको बताउदै उनले पार्टी नेतृत्वको सरकार बने सीमा समस्या समाधान गरिने बताए । त्यस्तै उनले दोधारा चाँदनीमा रहेको रहेको स्वास्थ्य चौकीलाई ५० सय्याको अस्पतालको रुपमा विकास गरिने बताए । त्यस्तै कृषियान्त्रीकरण संगै परवल खेतीलाई व्यवसायिकरण र त्यसको बजारिकरण गरिने प्रतिवद्धता व्यक्त गरे । उनले ‘दोधारा चाँदनीबाट एउटै व्यक्ती १८ वर्ष सम्म सांसद, मन्त्री भए तर सय मिटर मात्रै कालोपत्रे भयो ।’ उनले भने ‘पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको सरकारले यस क्षेत्रमा गरेको विकासका कामहरु बारे तपाईहरु जानकारनै हुनुहुन्छ ।’

त्यस्तै उम्मेदवार विष्टले पटक–पटक चुनाव जितेकाले दोधारा चाँदनीको बिकास गर्न नसकेकोले आफु यस क्षेत्रमा चुनाव लड्न आएको स्पष्ट समेत पारेका छन् । त्यस्तै एमालेले दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, महाकाली र जोगबुढामा पक्की तटबन्ध, महाकाली नदी र शुक्लाफाँटालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने प्रतिवद्धता जनाएको छ् । बाबाथानलाई सीमा क्षेत्रको व्यवस्थीत सहर बनाउने पनि एमालेको योजना छ् ।


ताजा समाचार

spot_img