दोधारा । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मुखैमा दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेमा प्रबेश गर्नेको लर्को लागेको छ् । नेकपा एमाले र राप्रपाको कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार निरुपाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेरवार सुरेन्द्र बिष्ट भोट माग्न घर दैलोमा आउदै उम्मेदवारलाई फुलमालाले स्वागत गर्दै नेकपा एमालेमा प्रबेश गर्नेको लर्को रोकिएको छैन् ।

हिजो अबेर साँझ दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बाबाथान बजार नजिक एक कार्यक्रममा एक दर्जन नेपाली काग्रेंस परित्याग गरि नेकपा एमालेका प्रबेश गरेका छन् । उनिहरुले जनतामा हितमा काम नगर्ने पार्टी रहेको भन्दै नेपाली काग्रेंस परित्याग गरि एमालेमा प्रबेश गरेको बताएका छन् । प्रबेश गर्नेमा दोधारा चाँदनी नगरपालिका वडा नं. ७ बस्ने मिना देबी सुनार, शेर बहादुर, मिनु सुनार, सोम बहादुर सुनार, पुनम सुनार, दुर्गा बहादुर सुनार, भावना सुनार, मिना मगर, साबित्री सुनार गरि एक दर्जन भन्दा बढी नेपाली काग्रेंसका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेको नेकपा एमाले दोधारा चाँदनी– ७ वडा कमिटिले जनाएको छ् ।

नवप्रबेशिकाहरुलाई एमाले र राप्रपाका कञ्चनपुर क्षेत्र नं. ३ (ख) का सयुक्त उम्मेदवार सुरेन्द्र बिष्टले फुलमालाले स्वागत गरेका छन् । उनिहरुले पार्टीमा कटिबद्ध भएरक आफ्ना उम्मेदवारलाई जिताउन लाग्ने प्रतिबद्धता समेत गरेका छन् ।







